मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

जब इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा प्रहरीले छापा मार्यो

Kanchan24 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

विराटनगर, ४ जेठ । इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीमा प्रहरीले छापा मारेको छ । हलगढामा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार दिउँसो प्रहरीले छापामारेको हो । 

सो क्रममा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । यातायात कार्यालयमा सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासोपछि प्रहरीले छापा मारेर २२ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ पर्नेमा एक करारका कर्मचारीसहित कार्यालय परिसरमा सञ्चालित विभिन्न लेखापढी सेन्टरका व्यक्तिहरु छन् । बजाज, होन्डा, यमाहा, भेस्वा ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट यातायात कार्यलयको १५ वटा ढड्डा, २३ वटा ब्लुबुक र १५ वटा फाइल पनि नियन्त्रणमा लिएको जनाएको छ । यस्तै विभिन्न छापहरु नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यातायात कार्यालयका निमिक्त प्रमुख राजकुमार गुप्ताले लेखापढी सेन्टरका व्यक्ति पक्राउ परेको र छानबिनबाट दोषी देखिए कारबाही हुनुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार