मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै

Kanchan24 336+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

कञ्चनपुर । सप्तरीको कञ्चनरूप नगरपालिकामा आज पहिलोपटक ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदैछ। धार्मिक आस्था, संस्कृति र सामाजिक एकताको सन्देशसहित आयोजना हुन लागेको रथयात्राले कञ्चनरूपको धार्मिक इतिहासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।
राधाकृष्ण मन्दिरबाट दिउँसो २ बजे सुरु हुने रथयात्राले कञ्चनरूपका विभिन्न बजार, चोक तथा धार्मिक स्थललाई समेट्दै करिब ८ किलोमिटर दूरी तय गर्नेछ। पहिलोपटक आयोजना हुन लागेको रथयात्रालाई भव्य, व्यवस्थित र मर्यादित बनाउन आयोजकले रुट तथा विभिन्न विश्रामस्थलसमेत तय गरेको जनाएको छ।
रथयात्रा कञ्चनपुर बजारस्थित राधाकृष्ण मन्दिरबाट नन्दलाल चोक हुँदै कञ्चनपुर बेरियर पुग्नेछ। त्यसपछि पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै रूपनगरस्थित विष्णु मन्दिर, रूपनगर चोक, कष्ट महल, हटिया, वन कार्यालय र चाँदनी चोक हुँदै अघि बढ्नेछ।
त्यसपछि रथयात्रा सर्वोदय स्कुल अगाडिबाट बजार क्षेत्रमा प्रवेश गरी पुनः राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन हुने कार्यक्रम छ।
रथयात्राको निर्धारित मार्गमा पर्ने विभिन्न चोक तथा धार्मिक स्थलमा रथलाई केही समय विश्राम गराइनेछ। ती स्थानमा स्थानीय भक्तजन तथा श्रद्धालुले सहज रूपमा राधाकृष्णको दर्शन, पूजाअर्चना र प्रसाद ग्रहण गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
धार्मिक आस्था र सामाजिक एकताको उत्सव
कञ्चनरूपमा पहिलोपटक आयोजना हुन लागेको राधाकृष्ण रथयात्रालाई केवल धार्मिक कार्यक्रमका रूपमा मात्र नभई स्थानीय संस्कृति, परम्परा र सामाजिक सद्भावको उत्सवका रूपमा समेत हेरिएको छ।
रथयात्रामा ठूलो संख्यामा श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ। विभिन्न टोल, बजार तथा आसपासका क्षेत्रबाट भक्तजनहरू सहभागी हुने भएकाले निर्धारित रुटका चोकहरूमा विशेष चहलपहल हुने अनुमान गरिएको छ।
आयोजकका अनुसार रथयात्रालाई व्यवस्थित र मर्यादित बनाउन रुट व्यवस्थापन, विश्रामस्थल तथा दर्शनका लागि आवश्यक प्रबन्ध मिलाइएको छ। परम्परागत धार्मिक भावनालाई कायम राख्दै शान्तिपूर्ण र भव्य रूपमा रथयात्रा सम्पन्न गर्ने तयारी गरिएको छ।
आज दिउँसो २ बजे राधाकृष्ण मन्दिरबाट निस्कने रथ कञ्चनरूपका विभिन्न बस्ती, बजार र धार्मिक स्थलको परिक्रमा गर्दै पुनः त्यही मन्दिरमा फर्किनेछ।
कञ्चनरूपको धार्मिक तथा सांस्कृतिक पहिचानमा पहिलोपटक थपिन लागेको यो रथयात्रा स्थानीयका लागि आस्था, उत्साह र ऐतिहासिक क्षणको संगम बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार