मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु

Kanchan24 336+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

कञ्चनपुर । बिहानको समय थियो। काममा पुग्ने हतारोमा रहेकी ४० वर्षीया निर्मला कुमारी केसी राम बसबाट ओर्लिन खोज्दै थिइन्। तर, चाँदनी बजारमा बसबाट झर्ने क्रममा एक्कासि लडिन्। टाउकोमा गम्भीर चोट लागेपछि सुरु भएको उपचारको चार दिनमै उनको जीवनयात्रा टुंगिएको छ।
सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियाकी निर्मलाको विराटनगरस्थित न्यूरो अस्पतालमा शनिबार बिहान ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो।
बिहीबार बिहान करिब ७ः५५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२–००२ ख ०५४३ नम्बरको बसबाट अग्नीसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनी बजारमा ओर्लिने क्रममा उनी लडेकी थिइन्।
टाउकोमा गम्भीर चोट लागेर सडकमा लडेकी निर्मलालाई प्रहरीको सहयोगमा स्थानीयले तत्काल उद्धार गरेका थिए। उनलाई कञ्चनरूप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पतालमा पुर्‍याएर प्रारम्भिक उपचार गरिएको थियो। अवस्था गम्भीर भएपछि चिकित्सकले थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरेका थिए।
तर, तीन दिनको उपचारपछि पनि उनको अवस्था सुधार हुन सकेन। शनिबार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले जनाएको छ।
निर्मला रोजगारीका लागि दैनिकजसो यही बाटो हुँदै कार्यस्थल जाने गर्थिन्। उनी कञ्चनपुर–कमला चार लेन सडक निर्माणमा संलग्न चाइनिज रेल्वे इन्जिनियरिङ ग्रुपको पूर्वी क्याम्पमा मजदुरका रूपमा कार्यरत थिइन्।
घटनाको दिन पनि उनी ठेलिया चोकबाट बस चढेर कार्यस्थलतर्फ गएकी थिइन्। कार्यस्थल पुग्ने क्रममा चाँदनी बजारमा बसबाट ओर्लिँदा भएको सामान्यजस्तो देखिने एउटा क्षणले उनको जीवन नै खोसिदियो।
घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मृतक निर्मला कञ्चनरूप नगरपालिका–११ ठेलियाका गोपाल रामकी श्रीमती हुन्। उनको मृत्युले परिवारसँगै दैनिक ज्यालादारी गरेर जीविका चलाउने श्रमिक परिवारमा समेत शोक थपिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार