मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार

Kanchan24 336+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

कञ्चनरूप । सप्तकोशी नदीको उर्लंदो बहावले बुधबार साँझ कोशी तटीय क्षेत्रको चिन्ता बढाएको छ। निरन्तर उच्च जलप्रवाहसँगै कोशी ब्यारेजमा पानीको सतह खतराको तह पार गरेपछि सम्भावित जोखिम नियन्त्रणका लागि ब्यारेजका आधा गेट खोलिएका छन्।
बुधबार साँझ ६ बजेर २० मिनेटमा गरिएको पछिल्लो मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख २९ हजार ६ सय ५० क्युसेक पानी प्रवाहित भइरहेको छ।
पानीको बहाव अत्यधिक रहे पनि तत्काल ठूलो उतारचढाव नदेखिएको बताइएको छ। यद्यपि, नदीको अवस्था कुनै पनि बेला परिवर्तन हुन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ।
कोशी ब्यारेजमा रहेका ५६ वटा गेटमध्ये २८ वटा गेट खोलिएका छन्। नदीबाट आउने विशाल जलराशिलाई सुरक्षित रूपमा निकास दिन गेट खोलिएको हो।
कोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको संकेतस्वरूप ब्यारेजको पश्चिमी क्षेत्रमा रातो बत्ती बाल्ने व्यवस्था छ। बहाव खतराको तहभन्दा माथि पुगेपछि प्रशासन र प्राविधिक टोलीको निगरानी पनि थप कडा बनाइएको छ।
नदीको उर्लंदो बहावसँगै विशेषगरी कोशी नदी आसपास तथा तटीय बस्तीका स्थानीयलाई सजग रहन आग्रह गरिएको छ। प्रशासनले अनावश्यक रूपमा नदी किनारतर्फ नजान, नदीको अवस्था हेर्न भीड नलगाउन तथा सम्भावित जोखिम देखिए सुरक्षित स्थानतर्फ जान तयारी अवस्थामा रहन अनुरोध गरेको छ।
कोशीको बहाव अहिले स्थिरजस्तो देखिए पनि जोखिम टरेको छैन। माथिल्लो जलाधार क्षेत्रमा हुने वर्षा र नदीमा थपिने पानीले बहाव फेरि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायले निरन्तर निगरानी गरिरहेको जनाइएको छ।
तटीय क्षेत्रका बासिन्दालाई हल्लाको पछि नलागी आधिकारिक सूचना पालना गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार