मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

राजविराजमा होली रंगसँगै सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश

Kanchan24 336+ समाचार ( )
१८ फाल्गुन २०८२, सोमबार

राजविराज । होली पर्वको पूर्वसन्ध्यामा सप्तरी सदरमुकाम राजविराज रंगीन बनेको छ । पर्वलाई मर्यादित, सांस्कृतिक र सामाजिक एकताको सन्देशसहित मनाउने उद्देश्यले विभिन्न संघ–संस्थाले कार्यक्रम आयोजना गरिरहेका बेला सोमबार मधेशी आयोग ले राजविराजमा “होली महोत्सव २०८२” भव्य रुपमा सम्पन्न गरेको छ ।

महोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्व, सामाजिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मी, सरकारी कार्यालयका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरुले परम्परागत होली गीत गाउँदै, नाचगान गर्दै र एक–अर्कालाई अबिर–रंग लगाउँदै आत्मीयता साटासाट गरेका थिए । कार्यक्रमस्थलमा परम्परागत मधेशी वाद्यवादन र सांस्कृतिक प्रस्तुतीले छुट्टै रौनक थपेको थियो ।

यस वर्ष मधेश क्षेत्रमा होली पर्व मंगलबार परे पनि सोही दिन चन्द्रग्रहण लाग्ने भएकाले अधिकांशले बुधबार होली मनाउने तयारी गरेका छन् । धार्मिक आस्थालाई सम्मान गर्दै महोत्सव पूर्वसन्ध्यामा आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेशी आयोगकी सदस्य आभा सेतु सिंहले होली पर्व केवल रंग खेल्ने दिन मात्र नभई सामाजिक सद्भाव, सहिष्णुता र सांस्कृतिक पहिचानको प्रतीक भएको बताइन् । उनले भनिन्, “होली तराई–मधेशको सांस्कृतिक जीवनसँग गहिरो रुपमा जोडिएको पर्व हो । यो केवल मनोरञ्जन वा उत्सव होइन, समाजलाई एकताबद्ध बनाउने सशक्त माध्यम हो । पछिल्लो समय परम्परागत मूल्य र संस्कार ओझेलमा पर्दै गइरहेको सन्दर्भमा यस्ता महोत्सवले हाम्रो मौलिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् ।”

उनले थपिन्, “हामीले होलीलाई मर्यादित र सभ्य ढंगले मनाउनु आवश्यक छ । पर्वका नाममा कसैको भावना आहत हुने, जबरजस्ती रंग दल्ने वा अवाञ्छित गतिविधि गर्ने प्रवृत्ति रोकिनुपर्छ । होली प्रेम, सम्मान र भाइचाराको सन्देश दिने पर्व हो, त्यसैले यसको मूल भावनालाई जोगाउँदै आगामी पुस्तासम्म हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।”

उनका अनुसार सांस्कृतिक पर्वको संरक्षण र प्रवर्द्धनका लागि राज्यका निकाय, स्थानीय तह, नागरिक समाज र सञ्चार माध्यम सबैले साझा प्रयास गर्नुपर्ने आवश्यकता छ । “यदि हामीले आफ्नै संस्कृति र परम्परालाई सम्मान गर्न सकेनौं भने पहिचान कमजोर बन्छ । त्यसैले संरक्षण र सम्बर्द्धनका लागि सचेत पहल अपरिहार्य छ,” उनले जोड दिइन् ।

महोत्सवमा सहभागी अन्य वक्ताहरुले पनि होलीलाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको प्रतीकका रुपमा मनाउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा युवापुस्ताको सक्रिय सहभागिताले उत्सवलाई थप उत्साहपूर्ण बनाएको थियो ।

राजविराजमा आयोजना गरिएको यो महोत्सवले होली पर्वलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक एकता र सांस्कृतिक चेतनासँग जोड्ने प्रयास गरेको आयोजकको भनाइ छ । रंग, संगीत र आत्मीयताको संगम बनेको उक्त कार्यक्रमले आगामी दिनमा पनि यस्ता रचनात्मक सांस्कृतिक पहललाई निरन्तरता दिने संकेत दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार