मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कोशीकमला डाइभर्सन सञ्चालन भए सुख्खाले समस्या समाधान हुने विश्वास :राष्ट्रपति रामचन्द्र पौडेल

Anil Pokharel 38+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

राजविराज  । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी कमला डाइभर्सन छिटो भन्दा छिटो सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । 

सप्तरीको छिन्नमस्ता मन्दिरमा पूजापाठ गरे पछि आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सप्तरी ऐतिहासिक जिल्ला भएपनि विकासमा पछि परेको बताए ।

सप्तरीको विकासका लागि आफू यहाँका जनताको साथमा रहेको बताउँदै कृषि क्रान्ति गर्न सक्ने सप्तरी लगायतका जिल्लाहरू सुख्खा र खडेरीको समस्याबाट गुज्रिरहेको अवस्थामा कोशी(कमला डाइभर्सन सञ्चालन भए सुख्खाले समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

मधेशको पुरानो र ऐतिहासिक प्रजातान्त्रिक र जन अधिकारका लागि सप्तरीले विगतमा पनि ठूलो योगदान पर्यायको स्मरणका साथ उनले विकासमा चाहि यो जिल्ला पछाडि परेको भन्दै यहाँको विकासका लागि सरकार समक्ष कुरा राख्ने बताए । उनले भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरीकै हनुमाननगर जेलमा बन्दी बनाइएका भारतीय समाजवादी नेता डा। राम मनोहर लौहिया, जय प्रकाश नारायणलाई सप्तरीकै क्रान्तिकारी युवाहरूले जेल मुक्त गराएको स्मरण सुनाए ।

नेपाल र भारतका लाखौं भक्तजनले श्रद्धा सम्मान र सुरक्षाको अनुभूति गर्ने स्थल छिन्नमस्ता भगवती मन्दिर रहेको बताउँदै राष्ट्रपति पौडेलले राष्ट्रपतिको हैसियतमा आफू पहिलो पटक छिन्नमस्ता भगवतीको दर्शन गर्न पाउँदा खुशी भएको बताए ।

सो अवसरमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र उपाध्यक्ष राजदेवी यादवले अभिनन्दन पत्र, दोसल्ला र मिथिलाको पाग लगाएर सम्मान गरेका थिए ।

हेलिकप्टरबाट पत्नीसहित छिन्नमस्ता आएका राष्ट्रपति पौडेललाई प्रतिनिधिसभा सदस्यद्वय दिनेश कुमार यादव र तेजुलाल चौधरी, प्रदेश सभा सदस्य निलम रजक, छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा सप्तरीका पालिका प्रमुखहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार