मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

मधेश केन्द्रित चुनावी अभियानमा बालेन, सप्तरीदेखि बर्दिबासतर्फ दौडाहा

Kanchan24 336+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

कञ्चनरूप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेश केन्द्रित चुनावी अभियानमा सक्रिय भएका छन्। सोही क्रममा उनी मङ्गलबार सप्तरी सहित मधेशका विभिन्न जिल्लाको दौडाहामा निस्किएका हुन्।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी साह जिल्लाका सप्तकोसी , कञ्चनरूप ,राजविराज पुगेका थिए। उनलाई स्वागत गर्न नेताकार्यकर्ता र समर्थक एकाबिहानैदेखि राजविराजमा प्रतीक्षारत रहे पनि उनी केहीबेर गाडीबाटै नओर्लिएको दृश्य देखिएको थियो। त्यसपछि भने समर्थकहरूले अबिर र पुष्पगुच्छा फाल्दै उनको स्वागत गरेका थिए।

चुनावी यात्राका क्रममा मङ्गलबार दिउँसो सप्तरी आइपुगेका साह केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र झापा –५ मा सक्रिय थिए। अहिले भने उनले मधेश केन्द्रित चुनावी प्रचारलाई तीव्र बनाउने तयारी गरेका छन्।

सप्तरीमा रहँदा उनले पार्टीका उम्मेदवार, नेताकार्यकर्ता तथा मतदातासँग भेटघाट गरेका छन्। मधेशका अधिकांश जिल्लामा दौडाहा गर्ने कार्यक्रमअनुसार उनी आज बेलुवासम्म बर्दिबास पुग्ने कार्यतालिका रहेको बताइएको छ।

यसअघि उनले आफ्नो पहिलो सार्वजनिक चुनावी सम्बोधन जनकपुरबाट सुरु गरेका थिए। फागुनको पहिलो साता रास्वपाले चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। घोषणापत्र सार्वजनिक भएपछि पार्टी सभापति रवि लामिछाने र नेता साह संयुक्त रूपमा देशव्यापी चुनावी अभियानमा सहभागी हुने तयारीमा रहेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार