मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

लेटाङ नगरपालिकाका कर्मचारीहरु सेवा प्रवाह बन्द गरि धर्नामा

Kanchan24 1+ समाचार ( )
२६ अशोज २०८०, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिकामा कार्यरत कर्मचारीहरु स्थानीय तहका कर्मचारीहरुको देशव्यापी आन्दोलन अन्तरगत सेवा प्रवाह बन्द गरि धर्नामा बसेका छन् । असोज १५ गतेदेखि देशव्यापी रुपमा आन्दोलन थालेका देशभरका स्थानीय तहका कर्मचारीहरुको आन्दोलन अन्तरगत लेटाङ नगरपालिकाका कर्मचारीहरुले पनि आन्दोलनका कार्यक्रम जारी राखेका हुन् । उनीहरुले ११ दिनदेखि केन्द्रको सर्कुलर अनुशार विभिन्न प्रकारले आन्दोलनलाई अघि बढाइरहेका छन् ।

नगरपालिकाको प्रांगढमा विरोध स्वरुप कालो व्यानर टाँगेर सेवा ठप्प पारि कर्मचारीहरु धर्नामा बसेका छन् । कर्मचारीको आन्दोलनका कारण सेवा प्रवाह ठप्प हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । कतिपय अवस्थामा अत्यावश्यक रुपमा आंशीक सेवा प्रवाह भएपनि नियमित रुपमा सेवा प्रवाह नहुँदा समस्या भएको हो ।

लेटाङ नगरपालिका स्थानीय संघर्ष समिति सदस्य अनिल मिश्रले कर्मचारीहरुको देशव्यापी आन्दोलन अन्तरगत लेटाङ नगरपालिकाका कर्मचारीहरु पनि आन्दोलित भएको जानकारी दिनभुयो । उहाँले सरकारले वार्तामा आह्वान गरेको भएपनि केन्द्रबाट सर्कुलर नआएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।  

लेटाङ नगरपालिकाका कर्मचारीहरुले यसअघि आन्दोलन अन्तरगत  युवा तथा खेलकुद मन्त्री डीकबहादुर लिम्बूलाई ज्ञापनपत्र समेत बुझाएका छन् । मन्त्री लिम्बू गृहनगर लेटाङ आएको मौका पारि उनीहरुले २० वुंदे ज्ञापनपत्र बुझाएका हुन् ।   

स्थानीय तह कर्मचारीहरु वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा लगायतका २० बुँदे माग राखेर देशव्यापीरुपमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी आन्दोलन गरिरहेका छन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार