मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सप्तरीको डाक्नेश्वरी वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी

महेन्द्र सदा 24+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

कञ्चनरूप । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी दर्ता भएको छ । 
आगामी मंसिर १६ गते हुने उप निर्वाचनमा वडा नं १ मा एक स्वतन्त्र सहित ९ जना उम्मेदवारी दर्ता गराएका छन भने  वडा नं ४ मा ८ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
गत स्थानीय तह निर्वाचनमा वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचित काङ्ग्रेसका प्रितमलाल चौधरीको  र वडा नम्बर ४ मा वडाध्यक्षमा निर्वाचित काङ्ग्रेसकै हरि रायको निधन भएका कारण दुवै वडामा उपनिर्वाचन हुन लागेको हो ।
वडा अध्यक्ष पदका लागि  नेपाली काङ्ग्रेसबाट वडा नम्बर १ मा भुलिया देवी चौधरी र ४ को अध्यक्ष पदका लागि जोगेन्द्र रायको उम्मेदवारी दर्ता भएको छ । नम्बर १ मा उम्मेदवारी दर्ता गराएकी भुलियादेवी चौधरी यस अधिका वडा अध्यक्ष प्रितमलाल चौधरीकी पत्नी हुन । 
यसैगरी एमालेले वडा नम्बर १ मा भगवती साहलाई उम्मेदवार बनाएको छ । वडा नम्बर ४ को अध्यक्ष पदमा एमालेले सञ्जय यादवलाई उम्मेदवारी दिन लगाएको छ ।
यता जनता समाजवादी पार्टी (जसपा) वडा नम्बर १ को अध्यक्ष पदमा धिरेन्द्र साहलाई उम्मेदवार बनाएको छ । भने वडा नम्बर ४ मा ४ नम्बर वडामा देवेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्  वडा अध्यक्षको उम्मेदवार बनेका साह नेकपा एमाले परित्याग गरी केही दिनअघि जसपामा प्रवेश गरेका थिए ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट  वडा नम्बर १मा प्रमोद कुमार संत र वडा नम्बर ४मा भागवत राम र नागरिक उन्मुक्तिबाट वडा नम्बर १मा अनिरुद्ध प्रसाद चौधरी, वडा नम्बर ४मा शिव कुमार रामले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।  
यता उप निर्वाचनका लागि जनमत पार्टीले वडा नम्बर १ मा शैलेन्द्र कुमार साह( तेली)लाई उम्मेदवार बनाएको छ । वडा नम्बर ४ को अध्यक्ष पदमा जनमतले उदयनारायण पण्डितको उम्मेदवारी परेको छ । 
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट वडा नम्बर १मा शतिष कुमार चौधरी थारु र वडा नम्बर ४ मा राजकुमार यादवले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।  
वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा सुनिल साह र सिया कान्त चौधरी छन भने वडा नम्बर ४ मा  स्वतन्त्र उम्मेदवारी कसैले दर्ता नगराएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार