मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस

Kanchan24 336+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

प्रिय पाठकवृन्द,

सप्तरीको कञ्चनरूपबाट २०७७ साल आश्विन आजकै  मितिबाट  प्रारम्भ भएको हाम्रो साझा प्लेटफर्म Kanchan24.com आज पाँच वर्षको यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। यो अवसरमा हामी सबै तपाईंहरूप्रति हृदयदेखि कृतज्ञ छौँ।

पत्रकारिताको यो यात्रा सजिलो थिएन। हाम्रो सुरुवातकै बेला देश कोरोनाको भयावह संकटसँग जुधिरहेको थियो। बजार, व्यवसाय, उद्योग, कलकारखाना सबै थलिएका थिए। लामो समयदेखि प्रकाशन भइरहेका पत्रपत्रिकाहरू पनि ठप्प भएका थिए। त्यही कठिन घडीमा हामीले नयाँ बाटो रोज्यौँ—सत्य र तथ्यलाई जनतासम्म पुर्‍याउने संकल्पसहित अनलाइन पत्रिका सुरु गर्ने हिम्मत गर्यौँ।

आज पछाडि फर्केर हेर्दा लाग्छ, त्यो निर्णय केवल जोखिम मात्र होइन, जिम्मेवारी पनि थियो। कम्पनी दर्तादेखि सूचना विभाग र प्रेस काउन्सिलको मापदण्डअनुसार अनुमतिपत्र प्राप्त गरी हामीले सुरु गरेको यो प्रयास अहिले जनविश्वाससँगै निरन्तर अघि बढिरहेको छ।

यस यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने विज्ञापनदाता महानुभाव, शुभेच्छुक, पाठक, लेखक, स्वास्थ्यकर्मी, व्यवसायी तथा सम्पूर्ण सहयोगी हातहरूलाई विशेष धन्यवाद। तपाईंहरूको साथबिना यो यात्रा सम्भव हुने थिएन। तपाईंहरूको समर्थन नै हाम्रो प्रेरणा हो, यही प्रेरणाले हामीलाई हरेक चुनौतीमा दृढ बनाएको छ।

हामी सधैँ पत्रकारिताको धर्म, मर्म र आचारसंहिताप्रति प्रतिबद्ध छौँ। सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत जनतासमक्ष प्रभावकारी सूचना पुर्‍याउने हाम्रो प्रयास निरन्तर रहनेछ।

Kanchan24.com आजसम्मको यात्रामा जसरी तपाईँहरूलाई साथ दिन सकेको छ, भविष्यमा अझ सशक्त कलमसँग सेवा गर्न हामी दृढ संकल्पित छौँ। राष्ट्रियता, अखण्डता र स्वाभिमान हाम्रो सर्वोच्च प्राथमिकता हुनेछ।

अन्त्यमा, फेरि एक पटक हामी तपाईंलाई भन्न चाहन्छौँ—

हामी तपाईंहरूको वाणी बन्छौँ। हामीलाई सम्झिरहनुहोस्, पछ्याइरहनुहोस्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार