मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

उन्मुक्ति पाए बँदेल सिकारीले

Kanchan24 336+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

कञ्चनरूप  कोशी पलार क्षेत्रमा बँदेल सिकार गरेको अवस्थामा हातहतियार सहित पक्राउ परेका पूर्वडिआइजी, बहालवाला सइसहित १० जनालाई सप्तरी प्रहरीले उन्मुक्ति दिएको छ । 
कोशी पलार क्षेत्रबाट बुधबार राति २ बजे बँदेल मारेरे ट्रयाक्टरमा लोड गरेको अवस्थामा पक्राउ परेका पूर्वडिआइजी ज्ञानविक्रम शाह, सइ सञ्जय न्यौपाने र पूर्वउपसभामुख गङ्गाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवसहितलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । 
अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट बुधबार राति प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । 
प्रहरीले को.त ६९ नम्बरको ट्रयाक्टर र त्यसमा रहेको मृत बँदेललाई बेवारिसे अवस्थामा फेला परेको मुचुल्का बनाई सबडिभिजनल वन कार्यालय कञ्चनपुरमा पठाएको थियो । सबडिभिजनल वन कार्यालयका रेन्जर सन्तोष यादवका अनुसार प्रहरीले बेवारिसे अवस्थामा ट्रयाक्टर र त्यसमा लोड रहेको बँदेल फेला परेको पत्रसहित बिहीबार साँझ पठाएको बताए । यो घटनामा पक्राउ गरिएको राइफल र गोली अनुमति प्राप्त हो वा होइन भन्ने प्रहरीले खुलाएको छैन ।  
बँदेल बेवारिसे अवस्थामा बरामद भएको भन्दै डिभिजन वनलाई प्रहरीले मुचुल्का बुझाएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार