मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

उदाउँदो सूर्यलाई अर्घ दिदै चैती छठ सम्पन्न

Kanchan24 336+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

कञ्चनरूप । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चैती छठ पर्व बुधबार श्रद्धा, भक्ति र धार्मिक विधिपूर्वक सम्पन्न भएको छ। पारिवारिक सुख–समृद्धि, सन्तानको उन्नति, स्वास्थ्य तथा दीर्घायुको कामनासहित मनाइने यो पर्वलाई मिथिला–मधेश क्षेत्रमा विशेष आस्थाका साथ लिने गरिन्छ।

छठ वर्षमा दुई पटक मनाइने पर्व हो। एकपटक कात्तिकमा र अर्को पटक चैतमा। धार्मिक दृष्टिले दुवै छठको महत्व समान छ । 

पोखरी, नदी, तलाउ र नहरजस्ता जलाशयहरूमा सरसफाइ, रंगरोगन, घाट निर्माण तथा सजावटमा विशेष चासो देखाइने गरिन्छ। तर चैतमा मनाइने छठमा भने उही धार्मिक निष्ठा छ।

चार दिनसम्म चल्ने चैती छठको अन्तिम दिन बुधबार बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पर्व सम्पन्न भएको हो। यस पर्वलाई धेरै ठाउँमा बासन्ती छठका नामले पनि चिनिन्छ।

छठ पर्वका क्रममा व्रतालुहरूले नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिने परम्परागत विधि पूरा गरेका थिए। पूजा सामग्रीका रूपमा ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, पञ्चफल, उखु, केरा, नरिवल, कागती, हरियो तरकारी, हल्दी, अदुवा र सुथनी लगायतका सामग्री अर्पण गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार