मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

भाउन्नेको जंगलमा हात्तीले आक्रमण गर्दा लेटाङका माझीको मृत्यु

Kanchan24 1+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार

लेटाङ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ११ स्थित भाउन्नेको जंगलमा हात्तीले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको छ । आज विहान ८ बजेतिर हात्तीले आक्रमण गर्दा लेटाङ ३ किर्तीमान का अन्दाजी ५० वर्षीय कमल माझीको मृत्यु भएको हो । किर्तीमानबाट लक्ष्मीमार्ग जाने भित्रि बाटोमा बटुवाले देखेर विहान १० बजेतिर प्रहरीलाई खवर गरेकोमा घटनास्थल पुग्दा माझीलाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थल छेउछाउमा हात्तीको पाइलहरु देखिएको, झाडी मडारिएको पाइएको तथा आसपासमा हात्तीहरु समेत देखिएकाले घटनाको प्रकृति हेर्दा हात्तीकै आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक व्यक्तिले विहान ८ बजेतिर घरपरिवारमा फोन गरेको तर नेटवर्क राम्रो नभएकाले स्पष्ट नबुझिएको भनि घर परिवारले बताएकाले घटना विहान ८ बजेतिर भएको देखिएको प्रहरीले जानकारी दिएको छ ।

मृतक व्यक्तिले घरेलु मदिर बनाउन प्रयोग गरिने मर्चा लगायतका सामाग्री लिएर साइकलमा लक्ष्मीमार्गमा लाग्ने बजारतर्फ हिंंडेको बुझिएको छ । मृतकको खुट्टाको हड्डी भाँचिएको पाइएको र अन्यत्र बाहिरी चोट नदेखिएको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोस्टमार्टमका लागि मंगलबारे लगिएको प्रहरीले जनाएको छ ।

केहि दिन यता मोरङको लेटाङ, सुन्दरहरैंचा, बेलबारी, मिक्लाजुङ तथा सुनसरीको इटहरीमा चारकोशे जंगल आसपासको क्षेत्रमा हात्ती आतंक बढेको छ । केहि दिन अघि इटहरीमा पनि हात्तीले एक व्यक्तिको ज्यान लिएको थियो । दुई दर्जन बढी हात्तीको समूह केहि दिनदेखि चारकोशे झाडीको जंगलमा रहेको प्रत्यक्ष्यदर्र्शीले बताउने गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार