मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |
मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |


“तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’

Kanchan24 336+ समाचार ( )
११ कार्तिक २०८२, सोमबार

राजविराज । पन्ध्र महिना अघि २०८१ साल साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलायन्सको विमान दुर्घटनामा परिवारका तीन सदस्य गुमाएका सञ्चारकर्मी प्रकाश खतिवडाले उक्त घटना साधारण दुर्घटना नभई जानाजान गरिएको मानवीय त्रुटिको परिणाम भएको दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत खतिवडाले सरकार, सरोकारवाला निकाय र दुर्घटना जाँचबुझ आयोगमाथि तीव्र प्रश्न उठाउँदै पुनः न्यायिक छानबिन समिति गठन गर्न जोडदार माग गरे।

दुर्घटनाको पीडामा न्यायको खोजी

खतिवडाले आफ्नो छोरी प्रिजा खतिवडा, ज्वाइँ मनुराज शर्मा, र नाति अधिराज शर्मा दुर्घटनामा गुमाएका हुन्।

प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर थिइन् भने मनुराज सौर्य एयरलायन्सकै प्राविधिक कर्मचारी थिए।

सौर्यले प्रिजालाई आफ्नो “पार्टटाइम कर्मचारी” बताएको उल्लेख गर्दै खतिवडाले यसलाई गलत र कानुनी रूपमा आपत्तिजनक भने।

“समय बित्दै जाँदा पीडा घट्नुको सट्टा अझै बढ्दै गएको छ,” उनले भावुक हुँदै भने, “दुर्घटनाको मुख्य जिम्मेवारी सौर्य एयरलायन्सको व्यवस्थापन, सरकारी आयोग र सम्बन्धित निकायले लिनुपर्छ।”

 आयोगको प्रतिवेदनमाथि प्रश्नैप्रश्न

खतिवडाले सार्वजनिक गरेको प्रेस नोटमा सौर्य एयरलायन्सको व्यवस्थापन नै दुर्घटनाको मुख्य दोषी रहेको उल्लेख छ।

उनका अनुसार “३४ दिनदेखि ग्राउण्डेड २१ वर्ष पुरानो जहाज मर्मत नगरी कसरी उडान भर्न योग्य भयोरु” भन्ने प्रश्न अझै अनुत्तरित छ।

त्यस्तै, फेरी उडानका क्रममा पाँच जना भन्दा बढी बोकेर नियम उल्लंघन गरिएको र अनुसन्धान प्रतिवेदनले यस विषयमा मौनता साधेको आरोप पनि लगाइएको छ।

प्रेस नोटमा भनिएको छ— “मर्मत गर्न लगिएको जहाजमा नियम विपरीतका मान्छे बोकेर मृत्युको मुखमा धकेलिएको हो।”

‘लाशको व्यापार’ गरेको गम्भीर आरोप

खतिवडाले आफ्नो छोरीको नाममा बिमाको रकम दाबी गर्नका लागि किर्ते हस्ताक्षर र किर्ते कागज तयार पारिएको आरोप लगाएका छन्।

उनले भने, “डुब्न लागेको कम्पनीको व्यवस्थापन पक्षले दुर्घटनाको मौका छोपी लाशको व्यापार गर्न खोज्दैछ। यस्तो गम्भीर अपराध हामीलाई स्वीकार्य छैन।”

यसमा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही गर्न माग गरिएको छ, अन्यथा अदालत गुहार्ने चेतावनी पनि दिइएको छ।

कानुनी र संरचनागत कमजोरी औंल्याउँदै

खतिवडाले भने, “नेपालमा सडक दुर्घटनासम्बन्धी कानुन छ, तर हवाई दुर्घटनाका लागि स्पष्ट कानुनी व्यवस्था छैन।”

उनले सरकारी आयोगको प्रारम्भिक र अन्तिम प्रतिवेदनबीच तथ्यगत फरक रहेको बताउँदै प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाए।

भदौ ४ गते संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले एक महिनाभित्र न्यायिक छानविन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको स्मरण गर्दै उनले तत्कालीन केपी ओली सरकारले निर्देशन पालना नगरेको आरोप लगाए।

 मुख्य मागहरू

सौर्य जहाज दुर्घटनाको पुनः न्यायिक छानविन समिति गठन गर्न सरकारलाई आग्रह।

दोषीहरूलाई कानुनी कठघरामा उभ्याउने व्यवस्था गर्न।

नेपालमा हवाई दुर्घटनासम्बन्धी स्पष्ट कानुनी संरचना निर्माण गर्न।

हवाई यात्रालाई सुरक्षित र विश्वसनीय बनाउन दीर्घकालीन नीति ल्याउन।

कार्यक्रमको अन्त्यमा खतिवडाले सौर्य एयर दुर्घटनामा ज्यान गुमाएका १८ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने,

“मेरो उद्देश्य केवल व्यक्तिगत न्याय होइन, नेपालमा हवाई सुरक्षाको विश्वसनीयता पुनःस्थापना गर्नु हो।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार