मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

मधेस सरकारले दियो थप ८ दिन सार्वजनिक बिदा

Kanchan24 336+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

कञ्चनरूप मधेस सरकारले संघ सरकारले दिएको बिदाबाहेक थप ८ दिन प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
संघ सरकारले वर्ष २०८१ को वैशाखदेखि चैतसम्मको विभिन्न चाडपर्व, दिवस, जन्मजयन्तिको अवसरमा निर्धारण गरेको बिदा सार्वजनिक गरेपछि त्यसमा थप ८ दिन बिदा दिने गरी मधेस सरकारले राजपत्रमा प्रकाशित गरेको छ।
संघ सरकारले गत माघ २९ गते २०८१ सालका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि निर्धारण गरेको बिदाका अतिरिक्त मधेसमा थप आठ दिन बिदा दिन चैत ११ गते मधेस सरकारबाट निर्णय गरेर प्रदेशको राजपत्रमा प्रकाशित गरिएको हो।
जसअनुसार मधेस सरकारले २०८१ साल वैशाख २ गते सिरुवा पावनी, जेठ ४ गते शुक्रबार जानकी नवमी, पैगम्बर मोहम्मदको जन्मदिनमा पछि यकिन हुने गरी बिदा दिएको छ।
यस्तै, छठ पर्वको भोलिपल्ट कार्तिक २३ गते शुक्रबार, सीताराम विवाह पञ्चमीको दिन मंसिर २१ गते शुक्रबार, बलिदानी दिवसको दिन माघ ५ गते शनिबार, तराईमा मनाइने होलीको भोलिपल्ट चैत २ गते शनिबार र रामनवमीको अवसरमा चैत २४ गते थप बिदा दिने निर्णय भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार