मुख्य समाचार
सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ |

दुई शतक बनेकाे खेलमा बैंग्लाेरकाे सानदार जित

Kanchan24 1+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

विराट कोहलीको शतक र कप्तान फाफ डुप्लेसीसँग पहिलो विकेटका लागि शतकीय साझेदारीको मद्दतले आईपीएलअन्तर्गत गएराति भएकाे खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गरेको छ । याेसँगै बैंगलाेरले प्लेअफ खेल्ने सम्भावना बलियाे पारेकाे छ । 

पहिले ब्याटिङ गरेको हैदरावादले हेनरिक क्लासेनको तेजतर्रार शतकको मद्दतले बैंग्लाेरलाई १ सय ८७ रनको लक्ष्य दिएको थियो । बैंगलाेरका ओपनर कोहली र डुप्लेसीले सुरुवातबाटै आक्रामक रन बटुलेर लक्ष्य सजिलाे पारे । 

दुवै ओपनरले पहिलो बलमै ठूला प्रहार गर्दै जितकाे बाटाे देखाएका थिए । विराटले पहिलो ओभरको पहिलो दुई बलमा चौका प्रहार गर्दा डुप्लेसीले पनि आफूलाई पछि राखेनन् । 

दुवै ब्याट्सम्यान १८औँ ओभरसम्म पिचमा रहे र पहिलो विकेटका लागि १ सय ७२ रनको साझेदारी गरे । विराटले ६३ बलमा १०० रनको इनिङ खेले भने डुप्लेसीले ४७ बलमा ७१ रन बनाए ।

बैंग्लोर तीन बल बाँकी छँदै खेल जितेर अंक तालिकामा मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष चार टोलीमा प्रवेश गरेको छ । प्लेअफको दौडमा रहन बैंग्लाेरका लागि हैदरावादविरुद्ध खेल जित्नु निकै महत्वपूर्ण थियो । आईपीएलकाे जारी सिजनमा गुजरात टाइटन्स प्लेअफमा पुगेको छ । बाँकी तीन टोलीको टुंगाे लाग्न अझै बाँकी छ । 

बैंगलाेरले अब आफ्नो अन्तिम लिग खेलमा गुजरात टाइटन्ससँग खेल्नु पर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार