मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

मेयर कपको उद्घाटन खेलमा लेटाङ—६ को सानदार जीत

Kanchan24 1+ समाचार ( )
१३ आषाढ २०८०, बुधवार

मोरङ । लेटाङ नगरपालिकाको आयोजनामा आजदेखि दोश्रो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । आज लेटाङ ३ कमलपुरस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर ६ ले सानदार जित हात परेको छ । एकतर्फि जस्तो देखिएको खेलमा वडा नम्बर ७ लाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै वडा नम्बर ६ ले सेमीफाइनलमा स्थान पक्का गरेको छ । वडा नम्बर ६ ले अब सेमिफाइनलमा वडा नम्बर २ र ८ बीचको खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा म्यान अफ दी म्याच वडा नम्बर ६ का समीप मगर घोषित भए ।

लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लवती र उपप्रमुख कृष्णकुमारी निरौलाले प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख प्रशासिकय अधिकृत नारायण प्रसाद न्यौपाने, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, विभिन्न रजनैतिक दलका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।  

प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् । यस्तै प्रत्येक खेलमा म्यान अफ दी म्याच तथा प्रतियोगिताको अन्तिममा बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट फरवार्ड, हाइस्कोरर र म्यान अफ दी म्याच घोषणा गरि पुरस्कृत गरिने सदस्यसचिव राईले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका ९ वटै वडाबीच प्रतिस्पर्धा हुँदैछ । भोलिको खेल वडा नम्बर २ र वडा नम्बर ९ बीच हुनेछ भने  फाइनल खेल असार २२ गते हुनेछ । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार