मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सुरक्षा र विपद सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Kanchan24 336+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

राजविराज मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालय जनकपुरधामद्वारा सप्तरीको कञ्चनपुरमा शनिबार आयोजित सुरक्षा र विपद सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले  कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै युवा विद्यार्थीलाई देशको भविष्य भन्दै अनुशासन पालन र महत्वपूर्ण विषयहरूको ख्याल गर्न आग्रह गरेका छन् ।
मन्त्री लेखीले युवा विद्यार्थी देशको भविष्य भएकोले सकारात्मक दिशामा अग्रसर हुनुपर्ने बताउँदै लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट युवा विद्यार्थीलाई टाढा राख्न कार्यक्रम फलदायी हुने कुरामा आफू विश्वस्त रहेको बताए । 
उनले भने सभ्य समाज निर्माणका लागि लागूऔषध र कुलतको जोखिमबाट हुने अपराध न्यूनीकरण गर्नु अति जरुरी रहेकाले कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतार्न सहभागीहरूलाई आग्रह गरे । युवा विद्यार्थी भनेको देशको भविष्य हो, उनीहरूको सोचलाई सकारात्मक बनाउनु पर्ने मन्त्री लेखीले बताए । 
कार्यक्रममा मधेस प्रदेशका नीति आयोगकी सदस्य डा. शिला मिश्रले सांस्कृतिक संरक्षण र दहेजका बारेमा प्रस्तुतिकरण गरेकी थिइन भने आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले लागूऔषध, हिंसा, मानसिक समस्या दाइजो लगायतका सचेतनामूलक संदेश सहितको भिडियो  प्रदर्शन प्रस्तुती गरेका थिए । 
यसैगरी नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश अध्यक्ष राजेश कुमार कर्णले युवाः सञ्चार र सामाजिक सञ्जालको बारेमा प्रस्तुती गरेका थिए भने सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले लागूऔषध दुर्व्यसनी र साइबर क्राइमबाट आउने समस्या र कानूनी सजाय भिडियो सहितको प्रस्तुतीकरण गरेका थिए ।
यसैगरी प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भीम किरण बोगटीले ट्राफिक अपराध र कानून व्यवस्था प्रस्तुतीकरण गरेका थिए । सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले विपद व्यवस्थापन र क्षमता व्यवस्थापन बारेमा प्रस्तुती गरेका थिए । (NSET) एनयसइती का डा. सुरेश चौधरीले विपद समस्या र चुनौती बारेमा डा. दीपक गुप्ताले सूचना प्रविधिको विकास र युवा विद्यार्थी बारेमा प्रस्तुतिकरण गरेका थिए । 
कार्यक्रममा सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकाल,  गृह सञ्चार तथा कानून मन्त्रा लयमा सचिव उद्धव प्रसाद रिजाल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उप निर्देशक सुरेन्द्र कोइराला लगायतका स्थानीय जनप्रतिनिधि, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत सप्तकोसी नगरपालिकाका , कञ्चनरूप नगरपालिकाका, हनुमान नगर कङ्कालिनी नगरपालिकाका, तिरहुत गाउँपालिका र अग्निसाइर कृष्ण संवरण गाउँपालिकामा रहेका  विभिन्न क्याम्पसका प्राध्यापक, शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ७ सय बढी छात्रछात्राहरूको सहभागिता रहेको थियो ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार