मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

खाँडो खोलामा युवक मृत भेटिए

Kanchan24 336+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

राजविराज । सप्तरी स्थित खाडो खोलामा  बिहीवार दिउँसो एक युवक मृत अवस्थामा फेला परेका छन् ।

नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् ।

१९ वर्षीय यादव साइकल सहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी जनाएको छ ।

युवकलाई कसैले हत्या गरी खोलामा फ्यालेको स्थानीयले आशंका गरेका छन् । मृतक युवकको शरीरमा चक्कु प्रहार गरेको जस्तो घाउ रहेको स्थानीयले बताएका छन् ।

हजुरबुबा– हजुरआमासँग बस्दै आएका उनी मंगलबार राती १० वजे खाना खाएर सुतेका थिए । तर, हजुरआमा बिहान करिव साढे ३ बजे पशुचौपायालाई घाँस दिन उठ्दा सुतेको ठाउँमा नदेखेपछि उनको खोजतलास सुरु भएको थियो ।

खोजतलासकै क्रममा बुधबार दिउँसो करिव डेढ वजे पिप्राही र भेल्हीबीचको खाँडो खोलामा ( निर्माणाधीन कृषि विश्वविद्यालयको साईडमा) उनको शव भेटिएको थियो । गाईबस्तु चराउने गोठालाले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । साइकल सहित घोप्टो परेको अवस्थामा फेला परेका उनको नाक र मुखबाट रगत निस्किएको थियो ।

स्थानीयका अनुसार उनको मुखमा कुटपिट गरेको चोट र शरीरमा छुरा प्रहार गरेको निसान देखिएको छ। उनीहरूले युवकको हत्या भएको दावी गरेका छन्। सुनिलका बुबा अशोक रोजगारीका लागि मलेसिया गएका छन् भने आमा, बहिनी र भाइ राजविराज वजारमा डेरा लिएर बस्दै आएका छन् ।

शव पोष्ट मार्टका लागि सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नकिने सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्यले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख बज्राचार्यको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार