मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

Kanchan24 336+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

कञ्चनरूप छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिई मनाइएको छ । निराहर व्रत बसेकाले खोला, नहर,पोखरीको किनारमा सजाइएको घाटमा विभिन्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
पूजाआजामा विभिन्न समुदायका मानिसहरू सहभागी थिए । विशेष पूजाको अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधाना समेत गरेका थिए । छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरूको विश्वास छ । जिल्लाका सदरमुकाम राजविराजको भगवती पोखरी , कल्टीदास , तेतरीगाछी , पुरन पोखरी , जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका –६ का महुली नदी धार , महदेवा स्थित चन्द्रनहर , कंचनरुप को  चन्द्रनहर डिठ्ठा पोखी , सुन्दरीको धारापानी सप्तशतीको त्रियुगा धार लगायतका ठाउँमा सूर्यलाई अर्घ दिँदै छठ मनाउँदै छन ।

छठ पर्वमा जिल्ला भरी दुई सय बढी स्थानमा छठी घाट निर्माण गरी हजारौको सङ्ख्यामा हिन्दु धर्मावलम्बीहरूले संध्या (स्ताउँदो )  भोली उदाउँदो सूर्यलाई अर्घ दिई विधिवत रुपमा छठ समापन हुनेछ ।
सत्य र अहिंसाप्रति मानव रुचि बढाउने तथा सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपती सहित पाँच पाण्डप अज्ञातवासमा रहँदा उक्त अज्ञातवास सफल होस भनी सूर्य देवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनअनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास छ ।
छठ पूजाका लागि खोला, पोखरी र नहरका किनार झिलमिल बत्तीसहित आकर्षक रुपमा सजाइएका छन् । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व देस भरीका विभिन्न स्थानहरूमा धुमधामका साथ मनाइने गरिन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । वि सं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा छ । सूर्यको पूजा, आराधना र उपासनासँग जोडिएको यस पर्व तराईसँगै पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार