मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

चाडपर्व
विभिन्न स्थानबाट कलश यात्रा निकालियो

Kanchan24 336+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

प्रकाश कुमार मण्डल
राजविराज  । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ र ७ स्थित वभनगामा वडा दशैँको उपलक्ष्यमा ग्रामदेवता डिहवार थानबाट  विहीवार कलश यात्रा निकालिएको छ ।
श्रद्वालु भक्तजनद्वारा  डिहिवार थानमा विधिवत रुपमा पूजापाठ  गरि महिला ,युवती , कन्या कुमारी हरु द्वारा थानबाट कलश यात्रा निकालि कोशी नहरमा जल भरि पुनः बाजागाजाका साथ डिहिवार स्थानमा कलश राखियो । 

कलश यात्रा कार्यक्रममा ६ नम्बर का पूर्व वडा अध्यक्ष गोविन यादव, मावि वभनगामाकट्टीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव, व्यवस्थापन समितिका सदस्य रामप्रसाद मंडल , राष्ट्रिय हरिहर हरिनारायण प्राथमिक विद्यालय सडेपारका प्रधानाध्यापक अरुण कुमार यादव, को वर्साइनका प्रहरी हवलदार राजावावु देवकोटा  , प्रहरी जवान रविन्द्र साह , शिक्षक जितेन्द्र मंडल ,अमरेन्द्र ठाकुर, हरेराम राय, विजय यादव ,खुसर यादव , पत्रकार एवम् कर्मचारी लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी ,युवा ,महिला, पुरुष लगायतको सहभागिता रहेको स्थानीय देवेन्द्र यादवले जानकारी दिए । यस्तै स्थानीय  विन्देश्वरी यादव ,रामचन्द्र राय , रामनारायण यादव, जिवछ यादव, दशरथ यादव, रविन्द्र साह, सत्यनारायण यादव,नितेश यादव , चेतनारायण यादव ,विक्रम यादव, मुसहरु यादव, भूपेन्द्र यादव,प्रयाग यादव लगायतको सहभागिता रहेको थियो । 
कलश यात्रामा पुजारी सकलदेव यादव र हरिनारायण यादवद्वारा कलश भरि विधिवत रुपमा डिहिवार थानमा कलश स्थापित गरि दशैँ भरि सम्म बिहानबेलुका भजन कीर्तन साथै  कलश यात्रीहरूलेआफ्नो कलशलाई पूजापाठ गरि विजया दशमीका दिन कुमारी कन्या भोजन गराइने स्थानीयले जानकारी दिए । 
यसैगरी दुर्गा पूजा समितिद्वारा ८ नम्बर स्थित  तोपाको दुर्गा मन्दिरबाट कलश यात्रा निकाली कोशी नहरमा कलशमा जल भरि पुनः कलश दुर्गा मन्दिरमा स्थापन गरिएको मावि तोपाका व्यवस्थापन समिति अध्यक्ष राधेश्याम यादवले बताए । त्यस्तै वडा नम्बर ७ स्थित मंसापुरमा पनि एक सय पाँच कलश यात्री मन्सापुर चौकमा स्थापन गरिए भगवतीको  मूर्ति स्थानबाट महिलाहरू कोशी नहरमा कलश भरि पुनः मूर्ति स्थानमा कलश स्थापना गरिएका छन । दशैँ भरि कलशको पूजापाठ गरिने स्थानीय बद्री मंडलले वताए 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार