मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |
मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |


सप्तरीमा (नियोक)ले निर्वाचन लागि ११ जना अनुगमनका पर्यवेक्षक परिचालन

Kanchan24 336+ समाचार ( )
१८ फाल्गुन २०८२, सोमबार

राजविराज । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गराउने उद्देश्यले जिल्लामा खटिने निर्वाचन पर्यवेक्षकहरुलाई आवश्यक तालिम प्रदान गरिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा तयारीलाई तीव्र बनाइएको सन्दर्भमा सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा खटिने आफ्ना प्रतिनिधिहरुलाई एक दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

राजविराजमा आयोजित उक्त तालिम कार्यक्रममा निर्वाचन पर्यवेक्षणका सिद्धान्त, कानुनी व्यवस्था, आचारसंहिता, मतदान र मतगणनाको प्रक्रियालगायत विषयमा विस्तृत जानकारी गराइएको थियो । साथै निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता, सम्भावित विवादको अवस्थाबारे अवलोकन गर्ने तरिकाका साथै प्रतिवेदन लेखनसम्बन्धी व्यावहारिक प्रशिक्षणसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) सप्तरीका अध्यक्ष जंग बहादुर सिंहका अनुसार संस्थाबाट २ जना महिला सहित ११ जना प्रतिनिधि यसपटकको निर्वाचन पर्यवेक्षणका लागि परिचालित हुनेछन् । उनले भने, “निर्वाचन लोकतन्त्रको आधारभूत स्तम्भ हो । यसलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । हामीले खटाउने प्रतिनिधिहरुलाई निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रियाको सूक्ष्म अध्ययन र अवलोकन गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरेका हौं ।”

उनले थपे, “पर्यवेक्षकहरुले कुनै पनि राजनीतिक प्रभाव वा पूर्वाग्रहबाट टाढा रही वस्तुनिष्ठ ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । निर्वाचन केन्द्रमा हुने गतिविधि, मतदाताको सहज पहुँच, सुरक्षाको अवस्था र आचारसंहिता पालना भए/नभएको विषयलाई गम्भीरतापूर्वक अवलोकन गरी यथार्थ प्रतिवेदन तयार पार्नु उनीहरुको मुख्य कर्तव्य हुनेछ ।”

तालिम सम्पन्न भएपछि प्रतिनिधिहरुलाई आवश्यक परिचयपत्र, अवलोकन फाराम, निर्देशिका लगायत सामग्री प्रदान गर्दै सोमबार नै जिम्मेवारी तोकिएको क्षेत्रमा विदाई गरिएको थियो । चारवटै निर्वाचन क्षेत्रमा खटिने पर्यवेक्षकहरुले मतदानको अघिल्लो दिनदेखि मतगणना सम्पन्न नहुँदासम्म निरन्तर अनुगमन गर्ने जनाइएको छ ।

सो अवसरमा प्रमुख अतिथि मधेशी आयोग की सदस्य आभा सेतु सिंहले निर्वाचन पर्यवेक्षणको महत्वबारे प्रकाश पार्दै पर्यवेक्षकहरुलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गरिन् । उनले भनिन्, “लोकतान्त्रिक अभ्यासमा जनताको मत नै सर्वोच्च हुन्छ । त्यसैले मतदान प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउनु सबैको साझा दायित्व हो । पर्यवेक्षकहरुले कुनै पक्षधरता नराखी स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ रुपमा तथ्य संकलन गर्नुपर्छ ।”

उनले थप्दै भनिन्, “निर्वाचनमा देखिन सक्ने साना–ठूला कमजोरीहरुको अभिलेखीकरणले भविष्यमा सुधारका लागि मार्गनिर्देशन गर्छ । त्यसैले तपाईंहरुको प्रतिवेदन केवल कागजी प्रक्रिया मात्र नभई लोकतन्त्र सुदृढीकरणको आधार बन्न सक्छ । जिम्मेवारी निर्वाह गर्दा संयमता, धैर्यता र व्यावसायिकता कायम राख्नुहोस् ।”

कार्यक्रममा सहभागीहरुले पनि निर्वाचनको निष्पक्षताका लागि आफूहरु पूर्ण प्रतिबद्ध रहेको जनाएका थिए । आगामी निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गराउन विभिन्न निकाय सक्रिय भइरहेका बेला पर्यवेक्षकहरुलाई प्रदान गरिएको तालिमलाई महत्वपूर्ण तयारीका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार