मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

मेयर कप फुटबल : लेटाङ-५ लाई हराउँदै लेटाङ-४ सेमीफाइनलमा

Kanchan24 1+ समाचार ( )
१७ आषाढ २०८०, आइतबार

लेटाङ । लेटाङमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको चौथो क्वाटरफाइनल खेलमा विजयी हुँदै वडा नम्बर ४ सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार वडा नं ५ लाई २–१ ले पराजित गर्दै वडा नं ४ ले सेमिफाइनलमा स्थान बनाएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा वडा नं ४ को जितमा सुवास राई र अनिस श्रेष्ठले गोल गरे भने वडा नं ५ का गणेश कार्कीले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दी म्याच वडा नं ४ का सौलेन लामा घोषित भए ।

आइतबारको खेलसँग मेयर कप फुटबलको सेमीफाइनल समीकरण पुरा भएको छ । वडा नम्बर ४, ६, ३ र २ ले सेमीफाइलनमा स्थान बनाएका हुन् । अब वडा नम्बर ४ ले बुधबार हुने दोश्रो सेमीफाइनल खेलमा वडा नम्बर २ को सामना गर्नेछ । त्यसअघि मंगलबार हुने पहिलो सेमिफाइनलमा वडा नं ६ र वडा नं ३ बीच प्रतिस्पर्धा हुनेछ । नगरका ९ वटै वडा सहभागि प्रतियोगिताको फाइनल खेल असार २२ गते शुक्रबार हुनेछ ।

प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार