मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

हिलेथाम फूटबलको उपाधि साँगुरीगढी धनकुटालाई

Kanchan24 1+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

-तिलक राई

केराबारी । मोरङको केराबारी गाउँपालिका २ सिंहदेवीमा सम्पन्न प्रथम हिलेथाम फूटबल कपको उपाधि साँगुरीगढी धनकुटाले हात पारेको छ । सोमबार भएको फाईनल खेलमा साँगुरीगढी गाउँपालिका धनकुटाले मिक्लाजुङ गाउँपालिका मोरङलाई २ का बिरूद्ध ३ गोलले पराजित गर्दै उपाधि जितेको हो । विजेतका साँगुरीगढीले ट्रफिसहित नगद ७५ हजार हात पारेको छ । 

यता उपविजेतामा चित्त बुझाउन बाध्य मिक्लाजुङ गाउँपालिका मोरङले ट्रफिसहित नगद ५० हजार पाएको छ । मिक्लाजुङले सेमीफाइनलमा कानेपोखरीलाई पराजित गरेको थियो भने साँगुरीगढीले पथरीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।   

हिलेथाम पर्यटन तथा खेलकुद विकास समिति केराबारी २ सिंहदेवीको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेता तथा उपविजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिचिङले ट्रफि तथा नगद पुरस्कार  प्रदान गर्नुभयो । यसैगरि उत्कृष्ट गोलकिपर, डिफेन्डर, म्यान अफ दी म्याच र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिएको छ । 

केराबारी गाउँपालिका वडा नम्बर २ को पर्यटन तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका र वडा नम्बर २ रहेकोमा सिंहदेवी खेलकुद विकास समितिको समेत सहयोग रहेको थियो ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रतियोगितामा साँगुरीगढी, पथरी, कोनपोखरी, लेटाङ, चौविसे, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकाका २ वटा गरि ८ वटा टीम सहभागी रहेको आयोजक समितिका अध्यक्ष विक्रम शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार