मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सौर्य एयर दुर्घटना : पीडित परिवारको न्यायिक छानबिनको माग

Kanchan24 336+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

काठमाडौँ । सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका परिवारजनले न्यायिक छानबिनको माग गरेका छन्। सोमबार गृहमन्त्री रमेश लेखकलाई भेट्दै उनीहरूले सरकारले बनाएको छानबिन प्रतिवेदन अपुरो र पक्षपाती भएको दाबी गर्दै नयाँ आयोग गठन गर्न आग्रह गरेका हुन्।

दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका सुनसरीका प्रकाश खतिवडाले बुझाएको मागपत्रमा रतिशचन्द्र लाल नेतृत्वको आयोगले पेश गरेको प्रतिवेदनले घटनाको वास्तविकता लुकाएको आरोप लगाइएको छ। प्रतिवेदनमा तथ्यगत त्रुटि रहेको र दोषीलाई जोगाउने नियत देखिएको भन्दै उनले आपत्ति जनाए।

उनले मानवीय लापरबाही र सौर्य एयरलाइन्सको गम्भीर त्रुटि देखिए पनि दोषीको पहिचान नभएकाले न्यायिक छानबिन आयोग अपरिहार्य भएको बताए। साथै, गैरकानुनी रूपमा ‘फेरी उडान’ गरेको, जहाजलाई पोखरा लैजानुको औचित्य नदेखिएको र कम्पनीले कानुन उल्लंघन गरेको प्रसंग प्रतिवेदनमा प्रस्ट्याउनै नसकिएको उल्लेख छ।

यसैगरी, पीडित परिवारलाई न्याय र क्षतिपूर्ति सम्बन्धी कुनै व्यवस्था नगरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।गृहमन्त्री लेखकले घटनाको पुनः छानबिनका लागि पहल गर्ने र पीडित परिवारलाई न्याय दिलाउने आश्वासन दिएका छन्।

२०७८ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको ज्यान गएको थियो। तर, १८ मध्ये १० जनाको परिवारले अझै बीमाबापतको क्षतिपूर्ति पाएका छैनन्। उनीहरूमध्ये केहीले बीमा समितिमा उजुरी दर्ता गरिसके पनि अहिलेसम्म निर्णय भएको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार