मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

पत्रकार महासंघ सप्तरीमा प्रेस युनियनको धर्ना

Kanchan24 336+ समाचार ( )
१७ आषाढ २०८१, सोमबार

राजविराज । नेपाल प्रेस युनियन सप्तरीका सदस्यहरु आज सोमबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा धर्नामा बसेका छन ।

महासंघले सदस्यताको विवाद टुंगो  नलगाईकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको विरुद्ध नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार सोमबार विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम अनुसार महासंघ सप्तरीमा धर्नामा बसेको प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कर्णले जनाएका छन । 

प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार देशका सबै शाखामा विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेकोले सही अनुसार सप्तरीमा पनि धर्ना दिएको सप्तरी अध्यक्ष कर्णले बताए । 

पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भए पछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरू गरेको थियो ।

महासंघ सप्तरी शाखाको राजविराजमा रहेको कार्यालयमा युनियनका केन्द्रीय सदस्य जिल्ला नेतृत्वको अगुवाइमा ताला बन्दी गरिएको थियो ।

प्रेस युनियन सप्तरी शाखाले नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा शनिबार तालाबन्दी गर्दै विरोधमा उत्रिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार