मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

उदयपुरको गाईघाटमा दुई स्कुटर एकआपसमा ठोकिँदा एकको मृत्यु, तीन घाइते

Kanchan24 336+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार

उदयपुर सदरमुकाम गाईघाटमा दुई स्कुटर एकआपसमा ठोकिँदा एक  महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार दिउँसो ३ः५० बजे त्रियुगा नगरपालिका-११ गाईघाट बजारस्थित आँखा अस्पताल नजिकै भएको दुर्घटनामा गम्भीर घाइते भएकी लीला खत्रीको उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार त्रियुगा नगरपालिका-१० बोक्सेबाट गाईघाटतर्फ आउँदै गरेको स ८ प ४३२९ नं। को स्कुटरलाई सोही दिशाबाट आएको प्र १–०५–००१ प ९४३३ नं. को अर्को स्कुटरले ओभरटेक गर्ने क्रममा ठक्कर दिई दुर्घटना हुँदा चार जना घाइते भएका थिए।
दुर्घटनामा परी टाउको र अनुहार भरी घाउचोट लागेर गम्भीर घाइते स ८ प ४३२९ स्कुटर चालक त्रियुगा नगरपालिका-१३ असारी ज्योति टोलकी ३८ वर्षीय खत्रीको मृत्यु भएको हो।
घाइते खत्रीलाई सुरुमा जिल्ला अस्पताल उदयपुरमा राखेर उपचार गरे पनि सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो। त्यहाँ निको नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि आइतबार बिहान उनलाई जिल्ला अस्पताल उदयपुरमै ल्याइएको थियो।
उपचारकै क्रममा १०ः३० बजे अस्पतालले खत्रीलाई मृत घोषित गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए। मृतकको शव अस्पतालको शव गृहमा राखेर थप कानुनी प्रक्रिया अघि बढाइएको डीएसपी चौधरीले बताए। 
स ८ प ४३२९ स्कुटरको पछाडि सवार त्रियुगा-१३ ज्योती टोलकै ३२ वर्षीय कल्पना खत्रीको बायाँ गाला र दुवै हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल गाईघाटमै उपचार भइरहेको छ। ९४३३ नं। को स्कुटरको पछाडि सवार त्रियुगा(१० घले टोलका २५ वर्षीय निशान भुजेल सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयदेखि झण्डै १ किलोमिटर दक्षिणमा पर्ने घटनास्थलमा प्रहरी सहायक निरीक्षकको कमान्डमा टोलीले घाइतेहरूको उद्धार गरी उपचारार्थ अस्पताल पुर्‍याएको थियो।
प्रहरीले ओभरटेक गर्ने ९४३३ नं. को स्कुटर चालक त्रियुगा नगरपालिका-१० घले टोलका २४ वर्षीय विशाल भुजेललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान भइरहेको जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार