मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

लिटिल फ्लावर सेकेन्डरी स्कूलमा SEE दिने विद्यार्थीलाई भावपूर्ण विदाई

Kanchan24 336+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका–१२, रूपनगरस्थित लिटिल फ्लावर सेकेन्डरी स्कूलमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) दिने विद्यार्थीहरूलाई भावपूर्ण विदाई गरिएको छ। विद्यालयले आयोजना गरेको विदाई कार्यक्रममा विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै आगामी परीक्षाका लागि हौसला प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानाध्यापक तथा समाजसेवी शम्भु प्रसाद उपाध्यायले विद्यार्थीहरूलाई अनुशासन, आत्मविश्वास र मेहनतका साथ परीक्षा दिन आग्रह गर्दै शिक्षा नै उज्ज्वल भविष्य निर्माणको आधार भएको बताए। उनले विद्यालयले सिकाएको ज्ञान, संस्कार र अनुशासनलाई जीवनभर आत्मसात् गर्नुपर्ने सन्देश पनि दिए।

अतिथि तथा पत्रकार एवं अभिभावक अनिल पोखरेलले SEE परीक्षा विद्यार्थी जीवनको महत्वपूर्ण मोड भएको उल्लेख गर्दै डर होइन, दृढता र तयारीका साथ अगाडि बढ्न सुझाव दिए। उनले निरन्तर अभ्यास, समय व्यवस्थापन र सकारात्मक सोच नै सफलताको आधार भएको बताए।

त्यसैगरी शिक्षक तथा अभिभावक निरज राउतले विद्यार्थीहरूलाई परीक्षा केवल अंकका लागि नभई आत्मविश्वास र क्षमताको परीक्षणका रूपमा लिन आग्रह गरे। उनले भने,“SEE जीवनको अन्तिम गन्तव्य होइन, यो त नयाँ यात्राको सुरुवात हो। त्यसैले तनाव होइन, आत्मबलका साथ परीक्षा दिनुहोस्। तपाईंहरूको मेहनतले अवश्य राम्रो परिणाम ल्याउनेछ।”

राउतले विद्यार्थीहरूलाई इमानदारी, लगनशीलता र धैर्यका साथ आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिएका थिए।

शिक्षक नारायण खड्काले पनि विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै विद्यालयले दिएको शिक्षा र अनुशासनलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले आफ्नो सन्देशमा भने,

“परीक्षा भनेको डराउने विषय होइन, आफूले सिकेको कुरा प्रमाणित गर्ने अवसर हो। आत्मविश्वासका साथ प्रश्न बुझेर उत्तर दिनुहोस्, सफलता तपाईंहरुकै हुनेछ।”

खड्काले विद्यार्थीहरूलाई समयको सदुपयोग गर्न, पुनरावृत्तिमा ध्यान दिन र आत्मविश्वास नहार्न सुझाव दिएका थिए।

कार्यक्रममा अभिभावक भुवनेश्वर यादवले समेत विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै अभिभावक, शिक्षक र विद्यालयको विश्वास कायम राख्दै उत्कृष्ट नतिजा ल्याउन शुभकामना व्यक्त गरे।

विद्यालय परिवारले विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाई गर्दै उत्कृष्ट नतिजासहित विद्यालयको नाम उज्यालो बनाउन प्रेरणा दिएको जनाएको छ। कार्यक्रममा शिक्षक, अभिभावक, अतिथि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विदाईको क्षणमा विद्यार्थीहरू भावुक बनेका थिए भने शिक्षिका विद्यार्थीहरुलाई माला तथा अविरका साथ मायाको चिनो प्रदान गरेर लगाई विदाई गरेका थिए । सम्पूर्ण विद्यालय परिवारले उनीहरूको सफलताको कामना गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार