मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सप्तरीमा गगन थापा कडा अभिव्यक्ति: ‘भदौ २३–२४ बिर्सन सकिँदैन, संकटमा काँग्रेस नै भरोसा’

Kanchan24 336+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

कञ्चनरूप । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सप्तरी आइपुगेपछि भदौ २३ र २४ गतेका दर्दनाक घटनाहरू कहिल्यै बिर्सन नसकिने बताएका छन्। आगलागीमा ज्यान गुमाएका निर्दोष युवाहरू, रित्तिएका आमाहरूको काख र पीडित परिवारको चिच्याहट अझै पनि स्मृतिमा ताजा रहेको उनको भनाइ छ।

सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले देश अकस्मात् चुनावतर्फ धकेलिँदा केही नयाँ पार्टी र व्यक्ति अवसरको फाइदा लिन सक्रिय भएको आरोप लगाए।

“देश र जनताले समस्या भोगिरहेको बेला सधैँ नेपाली काङ्ग्रेसले नै जिम्मेवारी सम्हाल्दै आएको छ, अहिले पनि काङ्ग्रेस नै भरोसा हो,” थापाले स्पष्ट शब्दमा भने।

उनले नेपाली काँग्रेससँगै सपना, सङ्कल्प, जोस मात्र होइन—अनुभव पनि रहेको दाबी गर्दै संविधानमाथि कुनै सम्झौता नहुने चेतावनी दिए।

“यो संविधानलाई तलमाथि हुन दिँदैनौ। संविधान भित्रै सबैलाई मिलाएर अघि बढ्ने हाम्रो अडान हो,” उनले भने।

सभापति थापाले कांग्रेस अब केवल प्रतिबद्धतामा सीमित नरहने उल्लेख गर्दै घोषणा पत्रमार्फत प्रतिज्ञा गर्ने र प्रतिज्ञाअनुसार काम गरेर देखाउने दाबी गरे।

“अब कांग्रेस प्रतिज्ञा गर्छ, र त्यो प्रतिज्ञा कागजमै सीमित हुँदैन,” उनले जोड दिए।

चारै क्षेत्रमा गरिएको थापाको दौडाहाले सप्तरीको चुनावी राजनीति थप तातेको सकेत दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार