मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

राजविराजलाई हरित शहरको रुपमा विकास गर्छु स् मन्त्री साह

Griha Sewa 1+ समाचार ( )
११ चैत्र २०८०, आइतबार

राजविराज । वन तथा वातावरण मन्त्री नवलकिशोर साहले देशकै पुरानो राजविराज नगरपालिकालाई हरित शहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । होली पर्वको अवसरमा जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो  प्रतिबद्धता व्यक्त गरेका हुन् । 
कार्यक्रममा बोल्दै मन्त्री साहले राजविराज नगरपालिकालाई  दुषित शहरको रुपमा हेर्ने दृष्टिकोणबाट मुक्त गर्न सबैको सहयोग आवश्यक हुने बताए ।  उनले राजविराज नगरपालिकालाई हरित शहरको रुपमा विकास गर्न विस्तारित परियोजना प्रस्ताव बनाएर  पेश गर्न आग्रह गरे । 
“आफूलाई ७७ वटै जिल्लाको विकास गर्ने जिम्मेवारी थपिएको छ तर सप्तरीको विकास गर्ने थप अभिभारा ममाथि छ, मन्त्री साहले भने, तपाईंहरू आफ्नै साथीभाइ जस्तो सम्झेर मलाई विकासमा सहयोग  गर्नुस्, राजविराजमा एकहजार वृक्ष रोपन गरेर हरित क्रान्ति ल्याउँछु ।”
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा राजनीतिक समिति सदस्य अमर मण्डल,  केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष सुमन चौधरी, केन्द्रिय सदस्य विकास कुमार तिवारी, रमिला देवी साह, प्रेस मञ्च नेपालका महासचिव अबधेश कुमार झा पार्टीका केन्द्रीय सदस्य रामेश्वर मण्डल, गीता यादव,  सल्लाहकार समिति सदस्य राधेश्याम पण्डित, प्रदेश सदस्य छेदी यादव, सावित्री पण्डित, समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष सञ्जय कुमार यादव, जसपा जिल्ला सदस्य लाल बहादुर महतो लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।  

प्रतिक्रिया

टंक निराैला ११ चैत्र २०८०, आइतबार

24 हाेइन 25 हाे

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार