मुख्य समाचार
सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ |

दुर्घटनापछि चालक भागे, पौडी खेल्दाखेल्दै पक्राउ

Kanchan24 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

ट्र्याक्टर दुर्घटनामा दुई बालिकाको मृत्यु भएपछि फरार भएका चालक पक्राउ परेका छन् । स्थानीय हेवा खोलादेखि बालुवा बोकेर भारपातर्फ जाँदै गरेको ट्र्याक्टरमा चढेका दुई छात्रालाई चक्काले किचेर मृत्यु भएपछि चालक प्रेम कामी फरार थिए ।

कुम्मायक गाउँपालिका निवासी प्रेम कामीले मे १ त २९६१ नम्बरको आफ्नो ट्र्याक्टरमा बुधबार बिहान साढे नौ बजे हेवा खोलाबाट बालुवा लिएर भारपातर्फ जाँदै गर्दा हेवा खोला र साम्वेवा क्षेत्रका १३ जना विद्यार्थीलाई ट्र्याक्टरमा चढाएका थिए ।

जय भवानी आवासीय विद्यालयका ती विद्यार्थीमध्ये १२ वर्षीया पुजना सुवेदी र ९ वर्षीया गंगा सुवेदी चालकसँगै बसेका थिए । छेउमा रहेकी गंगा सिटबाट लड्न लागेपछि पुजनाले तानेर जोगाउने प्रयास गर्दा दुबै जना सडकमा बजारिए । सँगै रहेकी रेश्मा बराइलीका अनुसार पछाडिको चक्काले किचेर उनीहरूको मृत्यु भएको थियो ।

पुजना र गंगालाई पछाडिको चक्काले किचेपछि ट्र्याक्टर स्लो गरेर 'ब्रेक फेल भयो, सबै जना उत्रनू' भन्दै चालकले ओर्लन लगाएर आफू पनि भागेको विद्यार्थीहरूले बताए । ट्र्याक्टरबाट ओर्लने क्रममा ११ वर्षीय रेश्मासँगै १० वर्षीया सोनिया अधिकारी घाइते भएका छन् ।

यात्रु ओरालेर चालक भागेपछि ट्र्याक्टर भने सडकदेखि तल भीरमा खसेको छ । उनीहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी दिवस कुँवरले जानकारी दिए । उनका अनुसार छात्राहरुको मृत्यु भएपछि भागेका चालक प्रेम कामी नजिकैको होवा खोलामा पौडी खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

दुर्घटनामा परेर मृत्यु भएका बालिकाको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको छ । उक्त घटनाबारे छानबिन भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार