मुख्य समाचार
सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ |

तहटमा सुटकेशभित्र फेला परेकी महिलाको पहिचान खुल्यो

Kanchan24 314+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

रौतहट ।  रौतहटमा सुटकेशभित्र फेला परेकी महिलाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव माधवनारायण नगरपालिका–६ माधोपुर माइत भएकी २६ वर्षीया रुबिकुमारी साहको रहेको पुष्टि भएको हो। भारतको मजफरपुरमा विवाह भएकी साह हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरामा बस्दै बालबालिकालाई पढाउँदै आएकी थिइन्।

शनिबार राति गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीले रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोल्दा भित्र साहको शव भेटिएको हो।

प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजु कार्कीका अनुसार मृतकको नाकबाट रगत बगेको र घाँटीमा डाम देखिएको छ। प्रारम्भिक अनुसन्धानमा हत्या गरी शव लुकाउन सुटकेशमा राखिएको हुन सक्ने अनुमान गरिएको छ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। यो घटनालाई योजनाबद्ध आपराधिक गतिविधि मान्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार