मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सिक्किमको स्कारपीयोले ठक्कर दिंदा सुन्दरहरैंचाका श्रेष्ठ दाजुभाइ गंभीर घाइते

Kanchan24 1+ समाचार ( )
१२ कार्तिक २०८०, आइतबार

मोरङ । मोरङको उर्लाबारी नयाँ मंगलबारेस्थित पूर्वपश्चिम राजमार्गमा भारतीय स्कारपियोले मोटरसाइकललाई ठक्कर दिंदा २ जना गंभीर घाइते भएका छन् । पश्चिमतर्फ आउँदै गरेको एस के ०१ जी ००४८ नम्बरको भारतीय स्कारपियोले पूर्वतर्फ जाँदै गरेको को ३७ प ५६७० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ का २ जना युवा घाइते भएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैंचा १ का २२ वर्षीय मनोज श्रेष्ठ र पछाडी सवारी उनका दाजु २४ वर्षीय मन्दिप श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनीहरुको खुट्टा र पेटमा चोट लागेको र विर्तामोडस्थित वी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्कारपियो चालक भारतको सिक्किमस्थित याङथाङ घ्याल्सिङ घेजिङ निवासी २७ वर्षीय प्रणय गुरुङ र सवारी प्रहरी नियन्त्रणमा रहेको उर्लाबारी प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपीयोमा गभरमेन्ट अफ सिक्मिम लेखिएको छ  । यता प्रहरीले भने स्कारपीयो सरकारी नम्बर प्लेटको हो वा होइन भन्ने विषयमा सूचना लिने काम भइरहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार