मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

विभिन्न कार्यक्रमका साथ महाकवि विद्यापति स्मृति दिवस मनाइदै

Kanchan24 336+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

कञ्चनरूप । मैथिली भाषाका महाकवि वा ‘सर्वोपरि कवि’ विद्यापति दिवसको अवसरमा सप्तरीमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । 
मङ्गलबार मैथिली साहित्य परिषद्‌ सप्तरीले रक्तदान कार्यक्रम र कवि गोष्ठीको आयोजना गरि  तीन दिवसीय विद्यापति स्मृति पर्व मनाउने मनाउँदै छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसर भित्र रक्तसञ्चार केन्द्रमामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
पूर्व सिचाई मन्त्री उमेश यादव, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, मैथिल युवा परिषदका अध्यक्ष अखिलेश झा, सचिव सुनिल चन्दन, परिषदका सचिव सञ्जीव नारायण यादव, उपसचिव ललिता झा, सदस्यहरू राजिव कुमार झा र रवि राय ,स्थानीय विष्णु यादव, देवेन्द्र यादव, शिवानी सुमन, संजीव कुमार यादव, पवनकुमार यादव, लाल देव चौधरी ,राहुल चौधरी, पङ्कज सरकार, रूपेश झा, समीर मिश्र र पूज्य बिसीले रक्तदान गरेको परिषद्का अध्यक्ष अवधेश झाले बताए । 
यसैगरी परिषदले विद्यापति दिवसको अवसरमा आयोजित मङ्गलबारै दिउँसो २ बजे मैथिली साहित्य परिषदको भवनमा मैथिल विद्यार्थी परिषद्को संयोजनमा कवि गोष्ठी गरिएको अध्यक्ष झाले जानकारी दिए । 
मातृभाषा मैथिलीको संरक्षण सम्वर्द्धन गर्नु सबै मातृभाषीको दायित्व भएको बताउँदै उनले स्वतःस्फूर्त रुपमा सहभागिता जनाई विद्यापति स्मृति पर्व लाई भव्यताका साथ मनाउनमा सहयोग गर्न आग्रह गरे ।
परिषद्का पूर्व सचिव अजय कुमार झाले विद्यापति बसेको बनौलीबारे अन्वेषण हुनुपर्ने माग गरे । उनले विभिन्न इतिहासकारहरूले विद्यापतिको प्रवास स्थल सप्तरीको बनौली नै रहेको स्पष्ट पारिसकेको भएपनि सिरहा र महोत्तरीको बनौली भनेर केही व्यक्तिहरूले मिलहरूको बीचमा दूरी बढाउने काम गरिरहेकोले अन्वेषण आवश्यक रहेको बताए ।
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्णले विद्यापतिको प्रवास स्थलबारे पुरातात्विक विभागले अन्वेषण नगरेकै कारण विद्यापति र बनौलीको नाममा सरकारी बजेट समेत खर्च भइरहेको प्रति असन्तुष्टि पोखे ।
कवि गोष्ठीमा युवा कविहरूको बढी भन्दा बढी सहभागिता गराएर  मैथिली साहित्यमा सृजनशीलता बढाउन परिषद्लाई अझै सक्रियताका साथ लाग्न आग्रह गरे ।
विद्यार्थी युवा परिषद राजविराजको संयोजन तथा सुनिल झा चन्दनको अध्यक्षतामा मैथिली साहित्य परिषदले आयोजना गरेको कवि गोष्ठीमा अभय मैथिल, मैसापको सदस्य राजीव झा, जिल्ला समन्वय समिति सप्तरीका प्रशासकीय अधिकृत कुन्दन कर्ण, गंगा साह, शिक्षक मञ्जु श्रेष्ठ, परिषद्का उपाध्यक्ष राजकुमार लाल दासले मैथिली कविता प्रस्तुत गरेका थिए भने गायिका सुष्मा झा र किरण झाले विद्यापति गीत प्रस्तुत गरेकी थिईन् ।
बुधबार जिल्ला समन्वय समिति सप्तरीको हलमा विचार गोष्ठी हुने छ । मैथिल पत्रकार परिषदको संयोजनमा हुने यस कार्यक्रममा सरकारी कामकाजको भाषा मैथिल किन होइन् बिषयमा चर्चा हुने आयोजकले जनाएको छ ।
त्यस्तै अन्तिम दिन २९ गते बिहान ११ बजे पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजबाट झाँकी प्रदर्शन सुरू हुने त्यसपछि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको हलमा श्रद्धाञ्जली सभा तथा परिषदद्वारा स्थापित विभिन्न पुरस्कार वितरण तथा साँझ ५ बजे साँस्कृतिक कार्यक्रम हुने परिषदका अध्यक्ष झाले बताए ।
  
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार