मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

तिलाठी कोईलाडीमा जलवायु उत्थानशील कार्यक्रम सञ्चालन

Kanchan24 336+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

प्रकास कुमा मण्डल राजविराज । जलवायु परिवर्तनको कारण उच्च जोखिममा रहेको सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा समुदायकालागि जलवायु उत्थानशीलता कार्यक्रम सञ्चालन भएको छ ।
तिलाठी कोईलाडी गाउँपालिकाको समन्वय तथा मर्सिकोर नेपालको सहयोगमा आसमान नेपालद्वारा खाँडो नदीमा आधारित सो कार्यक्रम सञ्चालन गरिने भएको छ । 
लक्षित समुदायहरू र पालिकामा जलवायु जन्य हानी तथा नोक्सानी कम गर्ने, बाढी र तातो हावाको लहरको पूर्वतयारी, अनुकूलन र पूर्वानुमानमा आधारित पूर्व कार्यलाई स्थानीय सरकारको योजना र नीतिहरूमा प्राथमिकीरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साहले जानकारी दिनुभयो ।
पालिकामा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन विशेष गरि बाढी र तातो हावाको लहरको पूर्वतयारी, अनुकूलन र पूर्वानुमानमा आधारित पूर्व कार्यका लागि सरकारी बजेट र स्रोत बढाउने कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम निर्देशक साहले जानकारी दिनुभयो ।पहिलो चरणमा सो कार्यक्रम २०२७ सम्म सञ्चालन हुनेछ ।
तिलाठी कोईलाडी गाउँपालिका बाढीको अत्यन्तै जोखिममा रहेको कार्यक्रमको शुभारम्भ बैठकमा बोल्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले यस्ता परियोजनाहरूले गर्दा समुदायलाई उत्थानशील बनाउन मद्दत पुग्ने बताउनुभयो । 
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा मर्सिकोर नेपालका संजित श्रेष्ठ, आसमान नेपालका विपद् कार्यक्रम ब्यवस्थापक विजयकुमार यादव, कार्यक्रम संयोजक डोरेन्द्र बस्नेत, कार्यक्रमको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा वडा अध्यक्ष कमल कुमार मण्डल र गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा सहितले कार्यक्रमको बारेमा मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार