मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |
मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |


साग्मा माविको ६७ औं वर्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

-तिलक राई 

लेटाङ । लेटाङ १ स्थित साग्मा माध्यमिक विद्यालयले आफ्नो ६७ औं वर्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । कोशी प्रदेशका प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको विशिष्ट आतिथ्यतामा भएको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै विद्यालयको विकासमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य खड्ग बहादुर बस्नेतले लेटाङ १ को साग्मा गाउँ र विद्यालयसँग आफु निकै नजिक रहेको भन्दै विद्यालयको विकासका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । 

यसैगरि कार्यक्रमका विशिष्ट अतिथि लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीले लेटाङ नगरपालिकाको शैक्षिक अवस्था सन्तोषजनक नरहेको भन्दै सुधारका लागि प्रयास भइरहेको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाको एक्लो प्रयास मात्र पर्याप्त नरहेको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रको अवस्थाकै कारण समग्र नगरपालिकाको कार्य सम्पादन मूल्यांकन प्रभावित भएको पनि बताउनुभयो । 

वर्षिकोत्सवको अवसरमा विद्यालयको विकासमा योगदान पुर्याउने विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पूर्वाप्रधानाध्यापक र कार्यालय सहयोगि लगायतलाई सम्मान गरिएको छ ।  विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा वडासदस्य चञ्चलाल मगर, विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष शुक्रबहादुर राई, पूर्वप्रधानाध्यापक कृष्णमाया राई, कार्यालय सहयोगी असारसिंह राई र अक्षयकोष दाता लेटाङ मल्टिटेक्निकल इस्टिच्युटका सञ्चालक तारावीर राईलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ । 

वर्षिकोत्सवको अवसरमा विद्यालयले सञ्चालन गरेका वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु र विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट विद्यार्थीहरु  तथा विद्यालयले फागुन ९, १० र ११ गते सञ्चालत गरेका विभिन्न खेलकुद, अतिरिक्त कृयाकलाप र साँस्कृतिक कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ । 

वर्षिकोत्सवको अवसरमा अभिभावकहरुबीच मनोरञ्जनात्मक तातो आलु खेल खेलाइएको थियो । यसैगरि कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विभिन्न पहिचान झल्कने गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । 

वर्षिकोत्सवकै अवसरमा प्रशान्त मेडिकल हल लेटाङका सञ्चालक सीताराम लुइँटेलमार्फत ५ जना जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा प्रधानाध्यापक डिल्ली प्रसाद अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयको उपलब्धी, कार्ययोजना र आवश्यकता बारे जानकारी दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थामनारायण राईको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ १ का वडाध्यक्ष विष्णु मगर, लेटाङ ५ का वडाध्यक्ष भूम सूर्य मगर, शिक्षक अभिभावक संघका अध्यक्ष तिलक राई, स्थानीय समाजसेवी, चन्द्र बहादुर राई, ठेक्काजित राई, सवि कुमार राई, अकोश कुमार राई, हर्डनका प्रतिनिधि सुरेश अधिकारी र छिमेकी विद्यालयका प्रधानाध्यापक लगायतको पनि आतिथ्यता रहेको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

डिल्ली प्रसाद अधिकारी ,,साग्मा मा वि , प्र अ १२ फाल्गुन २०८०, शनिबार

हाम्रो विद्यालयको वार्सिकोत्सव कार्यक्रमलाइ समेटेर सम्पुर्ण गतिविधी यस मोरङ खबर वाट समाचारको रुपमा सम्प्रेषण गरि देश बिदेशमा रहनु हुने सवै महानुभाव ,अभिभावक ज्यु ,चन्दादाता , सहयोगी , विद्यार्थी ,शिक्षक सम्म सुचना र जानकारी पुर्याइदिनु भएकोमा म मेरो व्यक्तिगत र साग्मा मा वि को तर्फबाट मोरङ खवरलाई विशेष धन्यवाद दिन चाह्न्छु । हाम्रो विद्यालयका शि अ सघका अध्यक्ष श्री तिलक राई ज्यु ले सामग्री सकलन गरि मोरङ खवर मार्फत सन्सार भर यो कार्यक्रमलाई पुर्याउनु भएकोमा उहालाइ विशेष धन्यवाद दिन चाहन्छु ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार