मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

जम्मा ३४ वटा क्यामेरामध्ये १५ वटा मात्र सञ्चालनमा
लेटाङ बजार क्षेत्रका अधिकांश सीसी क्यामेरा बिग्रिएको अवस्थामा, नगरपालिकाले समयमै मर्मत नगर्दा समस्या

Kanchan24 1+ समाचार ( )
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकास थपलिया सीसी क्यामेरा आफूहरुको नियन्त्रणमा रहेपनि नगरपालिकाको स्वामित्वमा रहेकाले बिग्रिएको अवस्थामा मर्मतका लागि नगरपालिकालाई जानकारी गराउने गरेको बताउनुहुन्छ ।
३ आषाढ २०८०, आइतबार

लेटाङ । पछिल्लो समय प्रहरी प्रशासनले सीसी क्यामेरालाई अपराध अनुसन्धानमा महत्वका साथ प्रयोग गर्दै आएको छ । अपराधिसम्म पुग्न सबैभन्दा भरपर्दो र छिटो प्रविधिका रुपमा प्रहरीले सीसी क्यामेरालाई प्रयोग गर्दै आएको छ । स्थानीय पालिकाहरुले पनि सुरक्षा निगरानी गर्न र पालिकामा शान्ति सुरक्षा कायम गराउन भन्दै ठूलो धनराशी खर्च गरि सीसी क्यामेर जडान गर्ने गरेका छन् । सोही अनुशार लेटाङ नगरपालिकाले समेत लेटाङ बजार र आसपासका क्षेत्रमा गरि ३४ वटा सीसी क्यामेर जडान गरेको छ । तर यसरी जडान गरिएका क्यामेरा मध्ये १५ वटाले मात्र काम गर्ने गरेको पाइएको छ ।

सीसी क्यामेराको निगरानी इलाका प्रहरी कार्यालय लेटाङबाट गर्ने गरिएको छ, तर इलाका प्रहरी कार्यालयको सञ्चार शाखामा पुगेर सीसी क्यामेराको अवस्था हेर्दा अधिकांश क्यामेराले काम नगर्ने गरेको पाइएको छ । जम्मा ३४ वटा क्यामेरामध्ये १५ वटा मात्र सञ्चालनमा रहेका छन् । लेटाङ नगरपालिकाको प्रवशेद्वारको रुपमा रहेको लेटाङ बजार पुछारको गंगे चौकमा रहेको अत्यन्तै महत्वपूर्ण ठाउँको सीसी क्यामरे विग्रिएको छ भने लेटाङ बजारको पश्चिमि प्रवेश मार्गको रुपमा रहेको चिसाङ खोलाको पुलमा राखिएको सीसी क्यामेरा बिग्रिएको पनि धेरै भइसक्यो ।

लेटाङमा मोटरसाइकल चोरी, सवारी दुर्घटना लगायतका घटना हुने गरेपनि यसरी सीसी क्यामेरा बिग्रिंदा यस्ता घटना नियन्त्रण गर्न र दोषिसम्म पुग्न प्रहरी प्रशासनलाई चूनौती थपिने गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकास थपलिया सीसी क्यामेरा आफूहरुको नियन्त्रणमा रहेपनि नगरपालिकाको स्वामित्वमा रहेकाले बिग्रिएको अवस्थामा मर्मतका लागि नगरपालिकालाई जानकारी गराउने गरेको बताउनुहुन्छ । यसअघि पनि क्यामेरा मर्मतका लागि नगरपालिकालाई पत्र पठाएको र फेरि पनि पठाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । 

 यता यस विषयमा बुझ्दा लेटाङ नगरपालिकाका सूचना प्रविधि शाखाका अधिकृत ओमप्रकाश पौडेल क्यामेरा मर्मत गर्न समस्या भइराखेको स्विकार गर्नुहुन्छ । उहाँ सीसी क्यामेर बिग्रीनु स्वभाविक घटना भएको पनि बताउनुहुन्छ । “बाहिर राखिएका क्यामेराहरु बिग्रन्छन् नै, त्यहिंमाथि वर्षाको समय छ चट्यांङ पर्छ क्यामेरा बिग्रिहाल्छ, हामी बनाउन त बनाउँछौं तर कुनै न कुनै बिग्रिएकै हुन्छ ।” उहाँले भन्नुभयो । “अरु पालिकामा त यो प्रविधि नै फेल भइसक्यो, बरु हामीले त जसोजतो चलाइ राखेका छौं ।” त्यसो हो भने नगरका सबै सीसी क्यामेरा हटाइ दिए भयो नि त ? भन्ने हाम्रो प्रश्नमा पौडेलले अब नयाँ प्रविधि आएकाले पूर्णरुपमा नयाँ प्रविधिको सामाग्रीहरु प्रयोग गरेमा मात्र समस्या समाधान हुने तर त्यसका लागि ठूलो बजेट लाग्ने जवाफ दिनुभयो । 

प्रतिक्रिया

Som bahadur Lama ३ आषाढ २०८०, आइतबार

Natanky nai ho yo sabai. Kasari kharab hunxa mean place ma. Timi haru ko man kharab vayera vaueko ho. Janta lai chutiya banauna lageko ho. Yo media or polis le?

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार