मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ

Kanchan24 336+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

राजविराज । भूमि सुधार तथा मालपोत कार्यालय, सप्तरी परिसरबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बालेश्वर चौधरी, कुलानन्द ठाकुरसहित अन्य दुई जना रहेका छन्। स्रोतका अनुसार उनीहरू लेखापढी व्यवसायमा संलग्न व्यक्ति हुन्।

बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ। सप्तरीका डिएसपी डम्बर बहादुर पुरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्। पक्राउको ठोस कारण भने हालसम्म सार्वजनिक गरिएको छैन।

यस घटनालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका नापी तथा मालपोत कार्यालयमा अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश निषेध गर्ने हालैको निर्णयसँग जोडेर हेरिएको छ। मन्त्री एचबतष्दजब च्बधब िको निर्देशनमा सचिवस्तरीय निर्णयमार्फत अब परिचय खुल्ने कागजात देखाएर मात्रै कार्यालय प्रवेश गर्न पाइने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार बिचौलियाले सेवाग्राहीका कागजातमा पहुँच राख्ने, अनावश्यक चलखेल गर्ने तथा सेवा प्रक्रियामा प्रभाव पार्ने गुनासो बढेपछि यस्तो कडाइ गरिएको हो। नापी विभाग तथा मालपोत कार्यालयहरूलाई उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको जनाइएको छ।

सप्तरी मालपोत कार्यालयबाट भएको पक्राउले मन्त्रालयको निर्णय कार्यान्वयन सुरु भएको स्पष्ट संकेत दिएको स्थानीयले बताएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार