मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

लेटाङको जाँते-पथरी सडकखण्डमा हतियार देखाएर दिउँसै लुटपाट

Kanchan24 1+ समाचार ( )
२३ आषाढ २०८०, शनिबार

मोरङ । लेटाङ नगरपालिकाको जंगल क्षेत्रमा लुटपाटका घटनामा वृद्धि भएको छ । एकसाता अघि मात्र लेटाङ कानेपोखरी सडकको जंगल क्षेत्रमा लुटपाट भएको घटना सेलाउन नपाउँदै शनिबार लेटाङ ९ जाँतेबाट पथरी जाने सडकखण्डमा दिउँसै लुटपाट भएको छ । जाँते पथरी सडकखण्ड अन्तरगत जंगलको फायरलाइन क्षेत्रमा पथरीबाट जाँतेतर्फ आउँदै गरेका लेटाङ ८ का ओम प्रकाश रानामगर दिउँसो साढे ४ बजेतिर लुटपाटमा परेका हुन् । 

पथरीबाट जाँते फर्कने क्रममा फारलाइन आइपुग्दा हतियार सहित ५ जनाको समुहमा रहेका लुटेराहरुले रानामगरलाई लुटपाट गरेका हुन् । लुटेराहरु ५ जना मध्ये ३ जना लुटपाटमा संलग्न भएको र अन्य २ जनाले आवत जावत निगरानी गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले रानामगरसँग रहेको नगद ४ हजार तथा ओपो ब्राण्डको मोबाइल लुटेर लगेको अस्थायी प्रहरी चौकी जाँतेका प्रमुख प्रहरी सहायक निरीक्षक राम कुमार कटुवालले जानकारी दिनुभयो । बाईकमा सवार रानामगरलाई लुटेराको समुहले खुकुरी प्रहार गरेपनी हेल्मेटमा लागेकाले चोट भने लाग्न पाएन ।

प्रहरी सहायक निरीक्षक कटुवालले घटनामा संलग्नहरुको खोजीका लागि टोली परिचालन गरिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय पथरीको एरियामा घटना भएकाले इलाका प्रहरी कार्यालय पथरीले समेत संलग्नहरुको खोजीका लागि प्रहरी परिचालन गरेको जनाएको छ । प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले घटनामा संलग्नको खोजीका लागि टोली परिचालन गरिए पनि हालसम्म थप जानकारी नआएको बताउनुभयो ।   

गतसाता मात्र लेटाङ कानेपोखरी सडकखण्डमा समेत लुटपाट भएको थियो । सोही दिन केराबारीको जंगलमा समेत लुटपाट भएको थियो । लुटपाटका घटनामा लागुऔषध सेवनकर्ताहरु संलग्न भएको हुनसक्ने आशंकामा लेटाङ प्रहरीले पछिल्लो समय लेटाङ क्षेत्रमा विशेष अप्रेसन सञ्चालन गरिरहेको छ ।  

प्रतिक्रिया

Rabin dahal २३ आषाढ २०८०, शनिबार

लागु पदार्थ खायर लूटपाट गरेका हो भने कानुन बमोजिम सजाय दिनुपर्छ।गरिबी वा बेरोजगारी को कारण हो भने राहत दिनुपर्छ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार