मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

दलित तथा विपन्न वालवालिकालाई पोशाक वितरण (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
२८ माघ २०८०, आइतबार

लेटाङ । दलित उत्थान समन्वय समिति लेटाङ ९ ले वडाका दलित समुदायका विपन्न परिवारका वालवालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । लेटाङ ९ का वडाध्यक्ष नन्द प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा वडाको सभाहलमा भएको पोशाक वितरण कार्यक्रमा स्थानीय श्री माध्यमिक विद्यालयका २८ जना र शिक्षा ज्योति आधारभुत विद्यालयका ७ जना गरि ३५ जनालाई पोशाक वितरण गरिएको हो । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष खतिवडाले विपन्न र दलित समुदायको हकहितका लागि सहयोग गर्न वडा कार्यालय सँधै तयार रहेको बताउनुभयो । दलित उत्थान समन्वय समिति लेटाङ ९ का अध्यक्ष भीम बहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ववडाध्यक्ष कृष्ण लुइँटेल, कार्यपालिका सदस्य ओमप्रकाश विश्वकर्मा, वडासदस्य गोपाल मगर, वडासचिव प्रेम सेञ्चुरी, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

वडाले चालु आर्थिक वर्षमा छुट्याएको बजेटबाट दलित उत्थान समन्वय समितिले वडाका विपिन्न तथा दलित समुदायका ३५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको समन्वय समितिका सचिव नरेश मंग्रातीले जानकारी दिनुभयो ।

भिडियो हेर्न https://fb.watch/q8sS30epye/  मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार