मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया

Kanchan24 336+ समाचार ( )
१० जेठ २०८३, आइतबार

कञ्चनरूप । कानुनी साक्षरताका लागि न्यायाधीश र विद्यार्थीबीच अन्तर्क्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ।

सप्तरीको रूपनगरस्थित नन्दराज संग्रौला क्याम्पसमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको कार्यप्रणाली, विपन्न नागरिकलाई उपलब्ध हुने निःशुल्क न्याय सेवा लगायतका विषयमा जानकारी दिनुभयो।

त्यसैगरी, अदालतका श्रेस्तेदार श्यामहरि अधिकारीले अदालतबाट प्रदान गरिने न्याय, त्यसका प्रक्रिया, विभिन्न निकाय तथा संस्थाको भूमिका र नागरिकको दायित्व सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो।

कार्यक्रममा सप्तरी जिल्ला अदालतका न्यायाधीशहरू मोहनबहादुर अधिकारी, दीपक धिताल, बाबुराम भट्टराई, गोकुल पन्त र महेन्द्रप्रसाद पौडेलको समेत उपस्थिति रहेको थियो।

अन्तर्क्रियाका क्रममा विद्यार्थी, अभिभावक तथा अन्य सहभागीहरूले अदालती प्रक्रिया, न्याय सम्पादनमा हुने ढिलाइ, नागरिकले भोग्नुपरेका समस्या तथा युवा वर्गको भूमिकाबारे न्यायाधीशहरूलाई प्रश्न गरेका थिए। मुख्य न्यायाधीश घिमिरेले ती प्रश्नहरूको जवाफ दिनुभएको थियो।

रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थी, अभिभावक, शिक्षक, अधिवक्ता, राजनीतिज्ञ, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नरबहादुर खड्काले गर्नुभएको थियो।

समाचार स्रोत : रूपनगर क्याम्पस फिचर सेवा।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार