मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

गौर हत्याकाण्ड :उपेन्द्र यादवलाई फँसाउने षडयन्त्र भन्दै जसपा नेपालले राजविराजमा विरोध प्रदर्शन

Kanchan24 336+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

राजविराज ।  चर्चित गौर हत्याकाण्डमा आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई सरकारले फँसाउन खोजेको आरोपसहित जनता समाजवादी पार्टी ९जसपा० नेपालका कार्यकर्ताले सोमबार साँझ राजविराजमा विरोध प्रदर्शन गरेका छन्।

जसपा सप्तरी कार्यसमितिले स्थानीय गजेन्द्र चौकमा टायर बालेर सरकार र अदालतविरूद्ध नाराबाजी गर्दै चेतावनी दिएका छन् कि पुराना मुद्दालाई षडयन्त्रको रूपमा अगाडि बढाए कडा आन्दोलन हुने छ।

प्रदर्शनकारीहरूले जनाएका छन् कि तराई–मधेशलाई मरुभूमि हुनबाट जोगाउने भूमि विधेयकमा तत्कालीन ओली सरकारलाई समर्थन नगरेको कारण उपेन्द्र यादवलाई फँसाउने प्रयास भइरहेको आरोप लागेको छ।

उक्त घटनालाई लिएर, सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन अघि बढाउन रौतहट प्रहरीलाई परमादेश दिएको थियो।

सर्वोच्चको आदेश

सोही दिन, सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गौर हत्याकाण्डको अनुसन्धान रौतहट प्रहरी मार्फत अघि बढाउन आदेश जारी गरेको हो।

यस आदेशले दुई दशकभन्दा बढी समयपछि न्यायको प्रक्रिया सुरु गर्ने मार्ग खोल्ने विश्वास गरिएको छ।

आदेशपछि केही राजनीतिक दल र कार्यकर्ताले यसलाई राजनीतिक षडयन्त्रको रूपमा व्याख्या गरेका छन्।

जसपा नेपालको प्रतिक्रिया

“यदि यस मुद्दालाई राजनीतिक षडयन्त्र तहत अगाडि बढाइयो भने कडा आन्दोलन गर्न बाध्य हुनेछौं।”

प्रदर्शनमा सरकार र अदालतविरुद्ध नाराबाजी गरिएको थियो।

पार्टीले भविष्यमा थप आन्दोलन कार्यक्रमको संकेत समेत दिएको छ।

विश्लेषण

गौर हत्याकाण्ड केवल पुरानो मुद्दा मात्र होइन, मधेशको राजनीतिक संवेदनशीलता र न्यायको प्रतीक पनि हो।

सर्वोच्चको आदेशले न्याय प्रक्रिया अघि बढाउने सम्भावना देखाउँछ।

तर पार्टीहरूले यसलाई राजनीतिक षडयन्त्रको रुपमा प्रस्तुत गरेमा सामाजिक तनाव र विवाद बढ्न सक्छ।

न्यायिक प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढाउनु नै दीर्घकालीन राजनीतिक स्थिरता र विश्वासको आधार हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार