मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सप्तरीमा एक महिनामा ६६ जना फरार प्रतिवादी पक्राउ , तीन लाख बढि जरिवाना असुल

Kanchan24 336+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

कञ्चनरूप । जिल्ला प्रहरी कार्यालय सप्तरीले एक महिनाको अवधिमा ६६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले शनिबार एक महिने कार्य प्रगति विवरण सार्वजनिक कार्यक्रमका यस आर्थिक वर्षमा अहिले सम्म ७३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको र फरार प्रतिवादीबाट तीन लाख ३१ हजार ८ सय ६१ रुपैयाँ जरिवाना असुल गर्नुका साथै ४ वर्ष २ महिना कैद भुक्तानीका लागि  कारागार चलान गरिएको प्रहरी  उपरीक्षक ढकेन्द्र खतिवडाले    बताए ।
यसरी नै पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ४६ लाख ६९ हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान सहित १० जना मानिस, कार १ थान, मोटरसाइकल ७ थान, साइकल ७ थान र ईरिक्सा १ थान नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए ।
अवैध भन्सार छली नियन्त्रणमा पनि सप्तरी प्रहरीले महत्वपूर्ण प्रगति     गरेको छ । असोज १६ सम्म रु। १९,६७,६३५ भन्सार राजस्व सङ्कलन गरिएको थियो भने त्यसपछिको अवधिमा थप रु। ४६,६९,६३५ सङ्कलन गरिएको छ। प्रहरीको यो अभियानमा १० व्यक्ति सहित ७ मोटरसाइकल, १ कार, १ ईरिक्सा र ७ साइकल जफत गरिएको छ ।
शान्ति सुरक्षा कायम गर्न ७ सय ४१ जना प्रहरी परिचालन गरिएको जानकारी दिदैँ प्रहरी उपरीक्षक खतिवडाले सुरक्षा योजना सफल भएको बताए ।
प्रहरीले आगामी दिनमा प्रचलित ऐनकानुन र नेपाल प्रहरीको कार्ययोजना २०८१–८२ अनुसार अपराध नियन्त्रण र कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउने योजना भएको बनाएको उपरीक्षक खतिवडाले बताए । सप्तरीमा आउँदा जिल्लामा प्रहरीको साख पुनःस्थापित गर्न, खुला तस्करी नियन्त्रण, सम्भावित अपराध रोकथाम, र सेवा प्रवाह सुधारका लागि सबै क्षेत्रका अगुवाहरूसँग समन्वय र अन्तरक्रिया बढाउँदै गएको उपरीक्षक खतिवडाले उल्लेख गरे ।
 पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत तथा मातहतका इलाका प्रहरी कार्यालयका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित अन्य पत्रकारहरूले पनि जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि गरिनु पर्ने थप प्रयासहरू बारे आ–आफ्नो सुझाव दिएका थिए ।      

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार