मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो

Kanchan24 336+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

विराटनगर । भारतको जोगवनी बजारमा समुदायबीचको विवादले उत्पन्न तनावका कारण नेपाली नागरिकको आवागमनमा रोक लगाइएको छ।

पैगम्बर मोहम्मदका बारेमा गरिएको आपत्तिजनक टिप्पणीलाई लिएर स्थानीय मुस्लिम र हिन्दु युवाबीच वाकयुद्ध र झडप भएपछि बिहानैदेखि बजार बन्द भएको हो। स्थिति उग्र बन्दै गएपछि साम्प्रदायिक दङ्गा भड्किन सक्ने भन्दै सीमा नाकाबाट नेपालीलाई प्रवेश गर्न नदिइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

दशैँलगायतका चाडपर्वमा नेपालीहरूको प्रमुख किनमेल गन्तव्य बनेको जोगवनी बजारमा अहिले प्रवेश ढाटै बन्द गरिएको छ। विराटनगरको रानी नाकामै सुरक्षाकर्मी खटाइएका छन् र जोगबनीतर्फ जाँदै गरेका नेपालीलाई त्यहीँ रोकिने व्यवस्था गरिएको छ।

सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीका अनुसार बिहान करिब ११ बजेदेखि सुरु भएको तनाव अहिले झन् चर्किँदै गएको छ। भारतीय प्रशासनले स्थिति नियन्त्रणका लागि दुवै समुदायलाई संयमित रहन आग्रह गर्दै वार्ताको पहल थालेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार