मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

आचारसंहिता कडाइः सप्तरीमा चुनावी मैदानमा अनुशासनको सन्देश

Kanchan24 336+ समाचार ( )
१५ माघ २०८२, बुधवार

कञ्चनरुप।आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सप्तरीमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरू बढ्न थालेका छन्। यही पृष्ठभूमिमा जिल्ला प्रशासन कार्यालय सप्तरीले चुनावी गतिविधिमा अनुशासन कायम गराउन २२ बुँदे निर्देशन जारी गर्दै आचारसंहिता कडाइका साथ पालना गर्न सरोकारवाला सबै पक्षलाई सचेत गराएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन अधिकृत नरेशकुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन, नागरिक समाज, सञ्चार प्रतिष्ठान, पत्रकार र आम सर्वसाधारणलाई निर्वाचन आचारसंहिता–२०८२ को पूर्ण पालना गर्न आग्रह गरिएको छ।

प्रेस विज्ञप्तिअनुसार मतदान हुने दिनभन्दा १७ दिन अगावै, अर्थात् २०८२ फागुन ४ गतेदेखि मात्र तोकिएको मापदण्डभित्र रही निर्वाचन प्रचारप्रसार गर्न पाइनेछ। त्यसअगावै गरिने कुनै पनि प्रचार गतिविधि आचारसंहिता विपरीत मानिने प्रशासनले स्पष्ट पारेको छ।

प्रचारप्रसारका क्रममा बढीमा १० वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ। साथै, सरकारी, अर्धसरकारी, शैक्षिक संस्था तथा अन्य सार्वजनिक निकायका भवन र क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी कार्यक्रम, भेला वा प्रचारप्रसार गर्न नपाइने स्पष्ट निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता पालना सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। आचारसंहिता उल्लंघन भए कानुनअनुसार कारबाही हुने संकेतसमेत विज्ञप्तिमा छ।

आचारसंहिताका प्रावधानबारे कुनै द्विविधा भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा आचारसंहिता अनुगमन अधिकृतसँग सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

चुनावी प्रतिस्पर्धा जति तीव्र हुँदै जान्छ, अनुशासनको आवश्यकता त्यति नै बढ्छ। सप्तरी प्रशासनको २२ बुँदे निर्देशन चुनावलाई प्रचारको होडभन्दा माथि उठाएर नियम, मर्यादा र जनविश्वासको आधारमा सम्पन्न गराउने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार