मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सप्तरीको कञ्चनरूपमा सामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाइ अभियान आरम्भ

Kanchan24 336+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

कञ्चनरूप । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि सप्तरीको रूपनगरमा एउटा नवीन अभियान आरम्भ गरिएको छ । उक्त अभियान अन्तर्गत सरकारी प्राथमिक विद्यालयका बालबालिकाहरूलाई कम्प्युटर सिकाउने विशिष्ट कार्यक्रम आज शुरु गरियो ।

सामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाइ नाम दिइएको यो अभियान रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पस, एक्मी इन्जिनियरिङ कलेज, काठमाडौँ र दलित सरोकार मञ्चको सहकार्यमा सञ्चालन गरिने जानकारी आयोजकहरूले दिएका छन् ।

गरिबका बच्चाहरू मात्र पढ्ने पहिचान बनेको तराइको गाउँका सरकारी प्राथमिक विद्यालयमा बाल कक्षादेखि कक्षा पाँचसम्मका बालबालिकालाई कम्प्युटरको आधारभूत तालिम दिने यस्तो महत्वाकाङ्क्षी कार्यक्रम सम्भवतः नेपालमै पहिलो हो ।

तालिमका लागि कम्प्युटर एक्मी इन्जिनियरिङ कलेजले उपलब्ध गराएको छ भने कम्प्युटर र अङ्ग्रेजी सिकाउने शिक्षक दलित सरोकार मञ्चले व्यवस्था गरेको छ ।

पहिलो चरणमा, कञ्चनरूप नगरपालिका अन्तर्गतका राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीन वटा सरकारी विद्यालय यो कार्यक्रमका लागि छनौट गरिएको जानकारी आयोजकहरूले दिएका छन् ।

अभियान शुरू गर्न आज रूपनगर क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले भने चार कक्षामा पढ्ने तर कखरा र बाह्रखरी समेत राम्रो नजान्ने, अत्यन्तै पछाडि परेका यी साना बच्चाहरूलाई कम्प्युटर सिकाउनुका साथै अङ्ग्रेजी बोल्न समेत सिकाउने हाम्रो उद्देश्य हो । 

बालबालिकाहरूलाई मात्र होइन, छनौट गरिएका तीन वटा सरकारी प्राथमिक विद्यालयका शिक्षक र शिक्षिकाहरूलाई समेत आधारभूत कम्प्युटर तालिम दिइनेछ कार्यक्रममा कम्प्युटर हस्तान्तरण गर्दै एक्मी इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इन्जिनियर प्रदीप कुमार पौड्यालले भने  रूपनगर क्याम्पसले छनौट गरिएका विद्यालयका १५ जना शिक्षक र शिक्षिकालाई दुई महिने आधारभूत कम्प्युटर तालिम निशुल्क दिनेछ। प्रमाणपत्र समेत उपलब्ध गराइने यो तालिम रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसको कम्प्युटर प्रयोगशालामा सञ्चालन हुनेछ ।

एक्मी इन्जिनियरिङ कलेजले दिएको कम्प्युटर र दलित सरोकार मञ्चले उपलब्ध गराएको शिक्षकबाट सञ्चालन गरिने यो नवीन शिक्षा अभियानको निरन्तर अनुगमन तथा मूल्याङ्कन रूपनगर क्याम्पसले गर्नेछ। यसका लागि क्याम्पस प्रमुखको नेतृत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको जानकारी क्याम्पसले दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै दलित सरोकार मञ्चका कार्यकारी निर्देशक तथा कार्यक्रमका विशिष्ट अतिथि भोला पासवानले भन्नुभयो, हामीले थालेको यो अभियानमा अपेक्षित प्रगति गर्न सकियो भने यसलाई आगामी दिनमा अझ विस्तार गर्नुका साथै थप शिक्षकको व्यवस्था गर्न सकिनेछ । 

उच्च अदालतका अवकाश प्राप्त मुख्य न्यायाधीश तथा कार्यक्रमका विशिष्ट अतिथि कुमार प्रसाद पोखरेलले अभियानको सफलताका लागि शुभकामना दिँदै समाजका सबैले यसमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार