मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |
मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |


कक्षा १२ का विद्यार्थीहरूका लागि रूपनगर क्याम्पसद्वारा वित्तीय साक्षरता तालिम

Kanchan24 336+ समाचार ( )
१५ मंगशिर २०८१, शनिबार

कञ्चनरूप ।  सप्तरीको रूपनगर क्याम्पसले वरपरका सरकारी विद्यालयका १२ कक्षामा अध्ययनरत् विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले जीवन उपयोगी शीप सिकाउने उद्देश्यले शनिबार यस्तो तालिम आयोजना गरेको हो। तालिमले विद्यार्थीहरूको व्यावहारिक ज्ञानमा वृद्धि गर्ने र तिनीहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बनाउने लक्ष्य राखेको जानकारी क्याम्पसले दिएको छ।

तालिम मूल रूपमा विद्यार्थीहरूको वित्तीय साक्षरतामा सुधार ल्याउन केन्द्रित थियो। यसअन्तर्गत सहभागीहरूलाई निम्न विषयहरूमा विस्तृत जानकारी र शीप सिकाइयो जसमा वित्तीय साक्षरताको महत्वस् दैनिक जीवनमा वित्तीय व्यवस्थापनको भूमिका, वचत र लगानीको महत्त्व, भविष्यको सुरक्षाका लागि वचत र सही ढंगले लगानी गर्ने तरिकाहरू, ऋण र खर्च व्यवस्थापनस् उचित र जिम्मेवार तरिकाले ऋण लिने र खर्चको योजना बनाउने उपायहरू,बैंक प्रणाली र प्रविधिको उपयोग, बैंक तथा वित्तीय संस्थाहरूको भूमिका र डिजिटल अनलाइन बैंकिङको प्रयोग अनलाइन सुरक्षा र वित्तीय ठगीबाट बच्ने उपायहरू ,यो तालिममा रूपनगर नन्दराज संग्रौला क्याम्पस वरपर रहेका छ वटा सरकारी विद्यालयका ६५ भन्दा वढी विद्यार्थी सहभागी भए। सहभागी विद्यालयहरूमा, शंकर मावि, रूपनगर, सर्वोदय मावि, कञ्चनपुर, जनचेतना मावि, घोङ्गिदाहा, ठाकुरजी मावि, जण्डोल, महिकर मावि, पर्सवनी, र नन्द उमा पब्लिक मावि, ओद्राहा थिए।

वित्तीय साक्षरता तालिमलाई प्रभावकारी र लक्षित समूहमा पुर्याउने उद्देश्यले १२ कक्षामा व्यवस्थापन विषय लिएर अध्ययन गरिराखेका विद्यार्थीहरूलाई तालिममा सहभागी गराइएको थियो।

क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले यस प्रकारका तालिम सामुदायिक क्याम्पसले समाजलाई गर्ने योगदान अन्तर्गत आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, ुसमुदायद्वारा सञ्चालित क्याम्पस भएकाले हामी हाम्रो समाजका युवालाई व्यवहारिक शीप सिकाएर रोजगारी योग्य बनाउने प्रयासमा छौँ।ु यस सम्बन्धमा भावि योजनाबारे उहाँ भन्नुहुन्छ, ुआगामी दिनमा डिजिटल साक्षरता, आधारभूत कम्प्यूटर तालिम, ग्राफिक डिजाइन, फोटो इडिटिङ्ग, लेखा व्यवस्थापन, लोकसेवा तयारी, जस्ता विषयमा पनि तालिम सञ्चालन गर्नेछौँ।

तालिमको प्रमुख प्रशिक्षकको भूमिकामा नबिल बैंक लिमिटेड, कञ्चनपुर शाखाका प्रबन्धक सुरज ठाकुर र उहाँका सहयोगीहरू हुनुहुन्थ्यो। बैंकिङ र वित्तीय क्षेत्रमा लामो अनुभव भएका ठाकुरले विशेष गरी डिजिटल बैंकिङ र अनलाइन सुरक्षा सम्बन्धी विषयमा सहभागीहरूलाई ज्ञान प्रदान गर्नुभयो।

तालिम कार्यक्रमको उद्घाटन प्राध्यापक गजुरेल, प्रमुख प्रशिक्षक ठाकुर र ठाकुरजी माध्यमिक विद्यालयका शिक्षक भुपेन्द्र यादवले संयुक्त रूपमा बत्ति बालेर गर्नुभयो। उद्घाटन समारोहलाई विशेष बनाउँदै सहभागीहरूले शिक्षा र वित्तीय साक्षरताको महत्वमा जोड दिएका थिए। रूपनगर क्याम्पसकी अध्यापिका लक्ष्मी श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभयो।

विद्यार्थीहरूलाई वित्तीय ज्ञान र व्यवहारिक शीपमा सक्षम बनाउँदै समाजको समग्र आर्थिक सचेतना बढाउने अपेक्षा यो तालिमले राखेको छ। सहभागीहरूले यस्तो तालिमले उनीहरूको दैनिकीमा ठूलो प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्। आगामी दिनहरूमा क्याम्पसले यस्ता अन्य जीवन उपयोगी तालिमहरू आयोजना गर्दै जाने योजना रहेको जानकारी प्राध्यापक गजुरेलले दिनु भएको छ।

रूपनगर क्याम्पसले यस प्रकारका कार्यक्रमहरू सञ्चालन गरी शिक्षाको क्षेत्रलाई मात्र नभई समग्र समाजमा सकारात्मक प्रभाव पुर्याउने कार्य गरिरहेको छ। यो प्रयासले समाजका युवाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन योगदान पुर्याउने विश्वास क्याम्पसले लिएको छ।

समाचार स्रोतस् रूनगर क्याम्पस फिचर सेवा

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार