मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |
मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |


सप्तरी १ मा २०४८ देखि २०७९ सम्मको राजनीतिक यात्रा र तातेको वर्तमान चुनावी मैदान

Anil Pokharel 38+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

कञ्चनरूप । सप्तरी–१मा पछिल्ला तीन दशकदेखि राष्ट्रिय राजनीतिमा निरन्तर चासोको केन्द्र रहँदै आएको निर्वाचन क्षेत्र हो। २०४८ सालको पहिलो आमनिर्वाचन देखि २०७९ सम्म आइपुग्दा यहाँको मतदाताले पटक–पटक नयाँ शक्ति र नयाँ अनुहारलाई अवसर दिएका छन् । यही कारणले यो क्षेत्रलाई “परिवर्तन रोज्ने” क्षेत्रका रूपमा समेत हेर्ने गरिएको छ ।

दोहोरिएन इतिहास, अपवाद बने जयप्रकाश आनन्द

सप्तरी–१ को राजनीतिक इतिहास हेर्दा एउटा रोचक तथ्य देखिन्छ—२०५१ र २०५६ का आमनिर्वाचनमा मात्रै एउटै व्यक्ति दुई पटक निर्वाचित भएका छन्।

आम निर्वाचन २०४८

हिरालाल चौधरी — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)

आम निर्वाचन २०५१ र २०५६

जयप्रकाश आनन्द — नेपाली कांग्रेस (यस क्षेत्रबाट दुई पटक निर्वाचित हुने एकमात्र नेता)

संविधानसभा निर्वाचन २०६४

हेमराज तातेड — मधेशी जनअधिकार फोरम, नेपाल

संविधानसभा निर्वाचन २०७०

मानपुर चौधरी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

प्रतिनिधिसभा निर्वाचन २०७४

डा. सूर्यनारायण यादव — संघीय समाजवादी फोरम, नेपाल

प्रतिनिधिसभा निर्वाचन २०७९

नवलकिशोर साह (सुडी) — जनता समाजवादी पार्टी, नेपाल

२०५६ पछिका सबै निर्वाचनमा मतदाताले नयाँ व्यक्तिलाई जिताएका छन्। यसपटक पनि २२ जना उम्मेदवार मैदानमा छन्, जसका आधारमा जो निर्वाचित भए पनि पहिलो पटक सांसद बन्ने लगभग निश्चित देखिन्छ ।

२२ उम्मेदवार, सबैभन्दा रोचक प्रतिस्पर्धा

सप्तरीका चार प्रतिनिधिसभा क्षेत्रमध्ये हाल सबैभन्दा चासोको केन्द्र बनेको क्षेत्र हो—क्षेत्र नं। १। यहाँ १ लाख १९ हजार ४३ मतदाता छन् र पाँच स्थानीय तह समेटिएका छन्।

मुख्य प्रतिस्पर्धीका रूपमा हेर्न सकिने उम्मेदवारहरू ्

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी_  सुमनराज प्याकुरेल

नेपाली कांग्रेस – रामदेव साह (तेली_

नेकपा – रवीन्द्र चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी – पुष्पाकुमारी चौधरी

जनमत पार्टी – जयकान्त राउत

स्वाभिमान पार्टी – सुमित साह

जनता समाजवादी पार्टी, नेपाल – श्यामसुन्दर सरदार

रोचक पक्ष के छ भने एमालेका सुमनराज प्याकुरेल र कांग्रेसका रामदेव साह दुवै तेस्रो पटक चुनावी मैदानमा छन्, तर अहिलेसम्म जित हात पार्न सकेका छैनन्। यसपटक दुवै पक्षले माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन्।

२०७४ मा निर्वाचित पूर्व सांसद डा। सूर्यनारायण यादवले यसपटक कांग्रेस उम्मेदवार रामदेव साहलाई खुला समर्थन जनाएपछि क्षेत्रको चुनावी समीकरण बदलिएको चर्चा छ। यादव घरदैलो अभियानमा सक्रिय छन् र कांग्रेस मधेशका मुद्दामा स्पष्ट एजेन्डासहित अघि बढेको दाबी गरिरहेका छन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देवको कांग्रेस प्रवेशले पनि संगठनात्मक आधार बलियो भएको विश्लेषण गरिएको छ।

तर कञ्चनरूप नगरपालिकाभित्र देखिएको कांग्रेसको आन्तरिक विवादले एकतामा असर पार्न सक्ने आँकलनसमेत भइरहेको छ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ जनमत पार्टी ले २२ हजार ३२७ मत ल्याएको थियो भने एमालेले १२ हजार ९०४ मत पाएको थियो। कांग्रेसले १० हजार ३९९ मत प्राप्त गरेको थियो।

स्थानीय तहको समीकरण, मत विभाजन र नयाँ–पुराना शक्तिको भिडन्तले यसपटकको परिणाम झनै अनिश्चित बनाएको छ।

परिवर्तन रोज्ने मतदाता, अनिश्चित परिणाम

सप्तरी–१ को विगतले देखाउँछ—यहाँ मतदाता स्थायी रूपमा एउटै दल वा अनुहारमा अडिग रहने परम्परा छैन। २०५६ पछि कुनै पनि उम्मेदवार दोहोरिएर निर्वाचित हुन नसक्नु यसैको प्रमाण हो।

यसपटक २२ उम्मेदवार मैदानमा छन्। मत विभाजन, स्थानीय प्रभाव, पार्टीगत लहर र व्यक्तिगत छवि—यी सबै तत्वको समिश्रणले अन्तिम परिणाम निर्धारण गर्नेछ।

यसकारण सप्तरी–१ को नतिजाले मात्र एउटा सांसद चयन गर्ने छैन, मधेशको राजनीतिक मनोविज्ञान र आगामी राष्ट्रिय शक्ति सन्तुलनबारे पनि महत्वपूर्ण संकेत दिनेछ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार