मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सप्तरीमा जेनजी आन्दोलन तीव्र, दलका कार्यालयमा आगजनी र राजमार्ग पूर्ण अवरुद्ध

Kanchan24 336+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

राजविराज । सप्तरीमा जेनजी आन्दोलन थप उग्र बनेको छ। आन्दोलनकारी युवाहरूले मंगलबार नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीको जिल्ला कार्यालयमा आगजनी गरेका छन्।

राजविराज नगरपालिका–८ मदननगरस्थित नेकपा एमालेको कार्यालयमा युवाहरूले सम्पूर्ण फर्निचर र सामग्री बाहिर निकालेर जलाएका थिए। त्यस क्रममा उनीहरूले “केपी ओली मुर्दावाद” भन्दै नाराबाजी गरेका थिए। त्यसपछि राजविराजमै रहेका नेपाली कांग्रेस र जनमत पार्टीको कार्यालयमा समेत आगो लगाइएको हो।

आन्दोलनमा संलग्न युवाहरूले भ्रष्टाचार अन्त्य गर्नुपर्ने, सामाजिक सञ्जाल खुला राख्नुपर्ने माग राख्दै सुरु गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको घटनाप्रति आक्रोश व्यक्त गर्दै कार्यालयहरूमा आगजनी गरेको जनाइएको छ।

यसैबीच, आन्दोलनकारीहरूले सप्तरीको महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध पारेका छन्। भारदह, कञ्चनपुर, फत्तेपुरदेखि सदरमुकाम राजविराजसम्म नाराबाजीसहित सडकमा उत्रिएपछि बजार पसल बन्द भएका छन् भने लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन्।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गर्दै आन्दोलित युवाहरूले सत्तारुढ नेपाली कांग्रेसविरुद्ध समेत तीव्र नाराबाजी गरेका छन्। आन्दोलनकै क्रममा भारदहस्थित बीपी माध्यमिक विद्यालयका विद्यार्थीहरू समूहमा सडकमा उत्रिएका थिए। उनीहरूले टायर बालेर सडक अवरुद्ध गरेपछि बजार क्षेत्रमा व्यापक सुरक्षा सतर्कता अपनाइएको छ।

यही क्रममा, कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरमा राखिएको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको शालिक समेत आन्दोलनकारीहरूले भत्काएका छन्।

आन्दोलनका कारण जिल्लाभरका मुख्य बजार, विद्यालय तथा शैक्षिक संस्थानहरू बन्द भएका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार