मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

बथनाहामा सिलाई कटाई तालिम सम्पन्न

Kanchan24 336+ समाचार ( )
२० आषाढ २०८१, बिहीबार

राजविराज । सप्तरीको महादेवा गाउँपालिकाको वडा न. ३ को वडा कार्यालय बथनाहामा बिहीवार सीप मूलक सिलाई कटाई तालिम एक समारोह बिच समापन्न भएको छ । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलको प्रमुख आतिथ्यमा सिलाई कटाई तालिमको समापन्न भएको हो । सिलाई कटाई तालिमको आयोजना ,कृष्ण सेन इच्छुक स्मृति प्रतिष्ठान महादेवा–१ तथा महादेवा गाउँपालिकाको सहयोगमा २० दिने तालिममा २० जना सहभागी रहेको थियो  । सो कार्यक्रममा प्रमुख अतिथि गा पा अध्यक्ष मण्डलले सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्दै तालिम लिएको सहभागीहरू आय आर्जन गर्नेलाई दातृ निकायलाई सहयोग गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा गा पा की उपाध्यक्ष अर्चना कुमारी यादवले तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्ने भन्दै तालिमको सार्थकता हुने बताइन । उनले गृहस्थीहरूले सीप मूलक तालिमको माध्यमबाट घर व्यवहारको साथै यस प्रकारको तालिमबाट महिलाहरू आत्मनिर्भर हुनेमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन । कृष्ण सेन इच्छुक स्मृति प्रतिष्ठानका अध्यक्ष देवराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गा पाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादव, ३ न। वडाका वडाध्यक्ष रामकुमार यादव, गापाका सामाजिक विकास शाखा प्रमुख मो। जावेद अली, ललित कुमार मण्डल,३ न। वडा सचिव कृष्णकुमार यादव, प्रशिक्षक अनिता यादव , अशोक यादव, रितेश यादव  लगायतको उपस्थिति रहेको थियो । उक्त तालिममा सहभागीहरूलाई प्रमुख अतिथि गा पा अध्यक्ष मण्डल, विशिष्ट अतिथिहरू गा।पा उपाध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत यादवले प्रमाण पत्र समेत वितरण गरेका थिए । उक्त तालिम  गत जेठ २७ गतेदेखि शुरु भई असार १४ गते सम्पन्न भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार